पवन महरा
डोटी- शिखर नगरपालिकाका नगरप्रमुख सिताराम जोशी सहित स्वास्थ्यकर्मीको टोलीले नगरपालिकाले स्थापना गरेका ४ वटा क्वारेण्टाइनको अवलोकन गरेको छ । टोलीले क्वारेण्टाइनको अवलोकन संगै माक्स औषधि लगायतका आवश्यक सामग्री पनि वितरण गरेको हो ।

अवलोकनका क्रममा विश्वभर फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न क्वारण्टाइनमा राखिएका व्यक्तिहरुको स्वास्थ्य जाँच गर्नुका साथै भाइरस सम्बिन्धि परामर्श दिएको नगर स्वास्थ्य इनचार्ज हरिष शाहले बताए । शाहले शिखर समाचार संगको कुराकानीमा क्वारेण्टाइना बसेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
क्वारेण्टाइनको अवस्था, समस्या, दैनिक आवस्यक सामग्री, तथा स्वास्थ्य चेकजाँच लगातका कुराहरुको परिपुर्तिका लागि नगरको निर्देनशन अनुसार वडाले निगरानी गरिरहेको वडा नं. ७ का वडाध्यक्ष नगरबहादुर बलायरले बताए । उनले क्वारेण्टानमा बसेकाहरुलाई कुनै पनि समस्या नहोस् भनेर स्वास्थयकर्मी संगै आफुहरु पनि बेलाबेला अवलोकनमा जानेगरेको बताए ।

नगरप्रमुख जोशीले नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा रोखर नगरको ४ ठाउँमा सबै सुबिधा सहितका क्वारेन्टाइनको व्यवस्था गरेको बताए । उनले क्वारेण्टाइनमा बसेकाहरुको मात्र नभै अन्य नगरबासिको स्वास्थ्यप्रती पनि गम्भिर रहेको बताए । उनले भने,‘हामि नगरबासिको स्वास्थ्यका बिषयमा गम्भिर छौं । अहिले पनि जनचेतना परामर्शका कार्यक्रमहरु जारी राखेका छौं । स्वास्थ्यकर्मी, औषधि ,एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं । कसैमा स्वास्थ्य समस्या देखियो भने सिधै सम्पर्क गर्न भनेकाछौं । नगरबासीले पनि लकडाउँनको पुर्ण पालना गरिदिनहुन अनुरोध गर्दछौं ।’

नगरपालिकाले क्वारेण्टाइनको अवलोकन तथा स्वास्थ्य चेकजाँच निरन्तर गरिरहेको बताउँदै उपप्रमुख धौलीदेवी रावलले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिन नियमित सरसफाई तथा भिडभाडमा नजान, नगर्न अरोध गरिन् । उनले भनिन्,‘हामी जनताका सेवक हौं । यस्तै गाह्रो अफ्ठेरोमा काम लाग्लान् भनेर हामीलाई जनताले यो ठाउँमा पु¥याएका हुँन् । हामिले कोरोना रोकथाम तथा नियन्त्रण गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्दैनौ । जनताले पनि स्वास्थ्यकर्मीले भने अनुसार, हामिले दिदै आएको जनचेतना परामर्श लाई मध्यनजर गरेर जनताले पनि आफ्नो व्यक्तिगत तथा पारिवारिक स्वास्थ्यको ख्याल गरिदिनु प¥यो ।’

क्वारेण्टाइनको अवलोकनमा नगरप्रमुख, उपप्रमुख, सम्बिन्धित वडाका वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य इन्चार्ज सहित स्वास्थ्यकर्मीको टोली सहभागी थियो । भारतका बिभिन्न ठाउँबाट कैलालगि हुँदै गृह नगर पुगेका शिखर नगरपालिकाका ७६ जनालाई क्वारेण्टाइनमा राखिएको छ ।

अमरज्योती आधारभुत बिद्यालय, आलीमा १९ जना, पञ्चोदया आधारभुत बिद्यालय, धुरकोटमा २८ जना, मष्टा आधारभुत बिद्यालय, बोरागाउँमा १५ जना र शिद्धेश्वर माध्यमिक बिद्यालय, बाण्डुग्रीसैनमा १४ जनालाइ क्वारेण्टाइनमा राखिएको स्वास्थ्य इन्चार्ज शाहले बताए ।
यसअघि चैत्र १२ गते सम्म क्वारेण्टाइनमा बस्नेको संख्या ७२ रहेको थियो । जसमा ४ जना नयाँ थपिएका हुन् । थपिएका ४ जना बाटो बाटै लुकेर आफ्नो घर पुगेका थिए । उनिहरुलाई १३ गते वडाध्यक्ष, स्थानिय र प्रहरीको पहलमा क्वारेण्टाइना राखिएको नगरपालिकाले जनाएको छ ।
डोटी जिल्लामा चैत्र १२ गते सम्म क्वारेण्टाइनमा बस्नेको संख्या ३ सय २६ रहेको थियो । शुक्रबार सम्म बिभिन्न ठाउँका क्वारेण्टाइनमा ११ जना थप भएका छन् । यो संगै डोटी जिल्लामा क्वारेण्टाइनमा राखिएकाको संख्या ३ सय ३७ पुगेको छ ।

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...