डोटी : कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा फैलिन नदिन शिखर नगरपालिकाले बिभिन्न पुर्व तयारी गरेको छ । जिल्लाको प्रवेशद्वारमा रहेको नगरपालिका अन्यठाउँ भन्दा बढी जोखिममा रहेको भन्दै पुर्व तयारी थालेको हो ।
छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्दै गर्दा यहाँका बासिन्दाहरुमा त्रास फैलिएको छ । यहाँका धेरै मान्छेहरु भारतमा गयर काम गर्ने गर्दछन् । यो अबधिमा नेपाल फर्किए कोरोना फैलिने सम्भावना उच्च रहेको छ । भाइरसका कारण विश्व नै आतंकित भएको बेला नगरपालिकाले नगरबासीलाई सचेत गराउँने, बैदेशीक रोजगारबाट फर्किएकाको अनिबार्य स्वास्थ्य जाँच गराउँने, भाइरस सम्बन्धि पम्प्लेट पोष्टर घरघरमा पठाउँने देखी माइकीङ्गबाट समेत जनचेतना फैलाउने कार्य गर्ने जनाएको छ ।
आर.आर.टी गठन
नगरपालिकाले महामारी व्यवस्थापनका लागि नगरप्रमुख सिताराम जोशीको संयोजकत्वमा नौ सदस्यीय द्रत प्रतिकार समिति (आर.आर.टी) गठन गरेको छ । नगर स्वास्थ्य प्रमुख हरीश शाह सो समितिको सदस्य सचिव छन् ।
समतिले नगरमा महामारी फैलिन नदिन, नगरबासीलाई संक्रमण हुन नदिन र माहामारी फैलियो भने त्यसलाई व्यवस्थीत गरी बिरामीको उपचार गराउँन काम गर्नेछ । छिटो छरितो स्वास्थ्य सेवा दिन, घरघरमा स्वास्थ्य सेवा दिन आर.आर.टी टिम कटिबद्ध रहेने स्वास्थ्य प्रमुह शाहले बताए । उनले भाइरस नियन्त्रणका साथै नगरको अन्य स्वास्थ्य सेवालाई पनि प्रभावकारी र हरेक नगरबासीको घरघरमा पु¥याउँन पहल भैरहेको बताए ।
घर–घरमा हाते पुस्तिका
नगरले कोरोना भाइरसबारे जनचेतना फैलाउँन हरेक नगरबासिको घर–घरमा जनचेतना मुलक हाते पुस्तिका बितरण गर्ने भएको छ । हाते पुस्तिकाले संक्रमण रोकथाम तथा नियन्त्रणमा मद्धत पुग्नेछ ।
हाते पुस्तिकामा कोनारा भाइरसको परिचय, लक्षण, यसबाट बच्ने र अरुलाइ बचाउँने उपाय, गर्न नहुने र गर्न हुने कार्य, रोकथमका लागि बिद्यालयको भुमिका र कोरोना बारे धेरै सोधीने प्रश्न र उत्तर राखेको छ । यसले भाइरस बारे नगरबासीलाई जानकारी दिनेछ ।
रोजगारबाट फर्किएकाको अनिबार्य स्वास्थ्य जाँच र रेकर्ड
रोजगारबाट गाउँ फर्किएका तथा बिदेशबाट फर्किएका नगरबासीको रेकर्ड समेत राखिने भएको छ । कुन गाउँ, कुन टोलको को ब्यक्ति बिदेशबाट आयो भन्ने अभिलेख स्वास्थ्य संस्थामार्फत नगरमा राखिने नगरपालिकाले जनाएको छ ।
साथै बिदेशबाट आएका ब्यक्तिले अनिवार्य रुपमा नजिकको स्वास्थ्य संस्थामा चेकजाँच गराउँनु पर्ने प्राबधान बनाएको छ । बैदेशीक रोजगारबाट फर्किएका वा बिदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य चेकजाँचका लागि नजिकको स्वास्थ्य संस्थामा पठाउँन महिला स्वयम् सेविका, त्यहाँका स्वास्थ्यकर्मी जनप्रतिनीधिलाई प्रयोग गरिने छ ।
अहिले बजारमा मास्कको चरम अभाव रहेको छ । नगर स्वस्थ्यले मास्क, थर्मोमिटर अडर गरेको छ । मास्क कतै पनि भेटिराखेको छैन । स्वास्थ्य प्रमुख शाहले प्रोटेक्टीक बारियर (सुरक्षीत लुगा) र मास्कको निकै अभाव भएको बताए । उनले मिल्यो भने त्यो पनि खरिद गरेर तयारी अवस्थामा राख्ने बताए ।
दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...