डोटी : कोरोना भाइरस संक्रमणको आशंकामा डाटीबाट पठाएको स्वाब काठमाण्डौं पुगेको छ । बुधबार नोवेल कोरोना भाइरस कोभिड(१९) संक्रमण भएको आशंकामा भारतबाट आएका एक जनाको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइएको थियो ।
केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवा मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले मंगलबारै आइसोलेसन वार्डमा राखेको थियो । उनको जिल्ला अस्पताल डोटीको आइसोलेसन वार्डमा राखेर उपचार भैरहेको छ ।
उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योती पाण्डेले जानकारी दिइन । ‘हामीले उहाँको स्वाब एम्बुलेन्समार्फत परिक्षणका लागि काठमाण्डौं पठाएका थियौं’ पाण्डेले भनिन्, ‘स्वाब काठमाडौं पुगिसकेको जानकारी आएको छ । रिपोर्ट आउँन अझै १२ देखी ४८ घण्टा लाग्न सक्छ ।’
डोटीबाट स्वाब परीक्षणको लागि पठाइएको यो पहिलो घटना हो । यसअघि कुनै पनि व्यक्तिको स्वाब परीक्षणको लागि नपठाइएको पाण्डेले बताइन् । उनका अनुसार अहिले सम्म अस्पतालमा स्वास्थ्य समस्या भएको अर्को कुनैब्यक्ति सम्पर्कमा आएको छैन ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...