२०८० मंसिर १५, शुक्रबार
December 1, 2023, Friday

जनताको स्वास्थ्य प्रती गम्भिर छौं :- नगर प्रमुख जोशी

डोटी: शिखर नगरपालिका डोटीका नगर प्रमुख सिताराम जोशीले नगरबासीको स्वास्थ्य सुरक्षाका लागि आफुहरु गम्भिर रहेको बताए । उनले भने,‘जनताको स्वास्थ्य नै हाम्रो धन हो । जनताको स्वास्थ्य स्वच्छ रह्यो भने मात्रै हामी समृद्धीको बाटोमा लम्किन सक्छौं । तसर्थ जनतालाई स्वस्थ राख्न हामी प्रतीबद्धछौं ।’

नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउँदै उनले यस अघिपनि स्वास्थ्य सेवा सहज बनाउँदै स्वास्थ्य उपचारका लागि राहत पनि दिदै आएको बताए ।

शिखर समाचार संगको कुराकानीमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेको बताउँदै उनले आपतकालिन अवस्था नै आइपरे अस्थायी अस्पताल, आईसोलोसन समेत निर्माण गर्न सक्ने गरी तयारी भएको बताए ।

नगरप्रमुख जोशीले चनचेतनाका कार्यक्रमहरुलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको बताउँदै संघ र प्रदेश सरहकारले सुदूरपश्चिमलाई बिशेष जोखिमयुक्त ठाउँको रुपमा हेरेर संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि चाहिने जनशक्ति, औषधि र सामग्रीको पुर्व व्यवस्थापन मिलाउँनु पर्ने बताए ।

नगरप्रमुख जोशीले नगरबासीलाई आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्न अनुरोध गर्नुका साथै नियमित सरसफाई, बिदेशबाट आउँदा अनिबार्य चेकजाँच गर्न गराउँन र अत्तिआवस्यक काम बाहेक भिडभाँड तथा कोरोना संक्रमित देशको यात्रामा नजान समेत अनुरोध गरे ।

Related News

डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
डोटीमा युवकको शव फेला, हत्याको आशङ्का
  • २०७६ चैत्र ६

दिपायल – डोटीमा एक जना युवकको शव फेला परेको छ ।...

TOP