२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

अत्यावश्यक सामग्री खरिदका लागि ग्राहक–व्यापारीको दूरी कायम

डोटी : दैनिक अत्यावश्यक सामग्री खरिदका लागि जिल्ला प्रहरीले दूरी कायम गरी व्यवस्थापन थालेको छ।  अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, औषधिका पसलमा सशस्त्र प्रहरी बल ३६ नम्बर गणले ग्राहकलाई सेतो घेरामा राखेर समान खरिद–बिक्री गराइरहेको छ।

सामान लिन आउने ग्राहकहरूलाई एक मिटरको दूरी कायम गर्न सशस्त्र प्रहरीको टोलीले सिकाइरहेको छ। ग्राहक–ग्राहक र ग्राहक–पसलबावालाबीच दुरी बनाई राख्न तीन फिटको दूरीमा कोठा तयार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिए।

व्यापारीहरूलाई अनिवार्य रूपमा मास्क लगाउन अनुरोध गरिएको बुढामगरले बताए। चुनाको प्रयोग गरी ग्राहकलाई निश्चित दूरीमा उभिने गरी कोठा तयार गरिएको र ग्राहकहरूलाई लाइनमा बस्ने व्यवस्था गरिएको उनले जानकारी दिए। सो क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अभ्यास गरेर समेत व्यापारीलाई देखाएको थियो।

Related News

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम।
  • २०७६ चैत्र १४

सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बझाङ र दार्चुलामा आकस्मिक बाढीको मध्यम जोखिम,...

TOP