२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

कोरोना बिरुद्ध शिखर सरकार

पवन महरा

डोटी : कोरोना संक्रमण भित्रिन नदिन शिखर नगरपालिकाले बिभिन्न पहल गरिहेको छ । नगरका सबै वडाहरुमा वडाध्यक्षको नेतृत्वमा समिति गठनगरी नगरबासिलाई कोरोना बारे सचेत गराउँदै आएको छ ।

सचेतना तथा परामर्शका लागि वडा अध्यक्षको नेतृत्वमा वडा सदस्यहरु, स्वास्थ्यकर्मीहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरिएको छ । यस अघि नगरबाट नगरप्रमुख सहित स्वास्थ्य शाखा इनचार्ज सहितको स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पुगेर नगरबासिलाई रोगका बारेमा परामर्श दिनुका साथै सचेत रहन आग्रह गरेका थिए । लकडाउँन अघि नगरबासिको घरघरमा गयर भेट्दै परार्श र सचेतना जगाउँने कार्य गरेको थियो । पछल्लो समय नगरले भारतबाट आएका व्यक्तिलाई घरमै भेटेर परामर्श दिने र आवस्यक देखे नजिकैको क्वारेनटाइनमा राख्ने योजनामा बनाएको छ ।

नगरपालिकाले पछिल्लो समय नगरका सबै वडाहरुमा स्वास्थ्यकर्मी खटाउँनुका साथै नगरको उपस्थिति प्रगाढ बनाएको छ । नगरले आउँन सक्ने संकटलाई मध्यजनर गर्दै रोकथाम तथा नियन्त्रण संगै संकट आइपरेको खण्डमा उपचारका लागि सहज परिस्थिति सृजन गर्न पुर्व तयारी भैरहेको नगर प्रमूख सिताराम जोशीले बताए ।

बैदेशिक रोजगारीबाट फर्केका नगरबासि निगरानी

नगरले भारत लगायत अन्यमुलुकबाट आएका नगरबासिहरुलाई निगरानिमा राखि रहेको छ । अहिले तत्काल बैदेशिक रोजगारीबाट आएका नगरबासिलाई आफ्नो घरमै परिवारका सदस्यलाई समेत असर नपर्ने गरेर होम क्वारेण्टाइनमा बस्न अनुरोध गरेको छ ।

नगरपालिकाका स्वास्थ्य इन्चार्ज हरिष शाहले अन्यत्रबाट नगर फर्किएका नगरबासिको अनिवार्य स्वास्थ्य जाँच गर्ने र अभिलेख राख्ने कार्य भैरहेको बताए । उनले बैदेशिक रोजगारबाट फर्केकाको निगरानिका लागि महिला स्वयम् सेविका सहित स्वास्थ्यका कर्मचारी गाउँगाउँमा परिचालन गरेको बताए । अहिले सम्म नगरमा भित्रिएकाहरुमा त्यस्तो कुनै स्वास्थ्य समस्या देखीएको छैन शाहले भने,‘त्यस्तो समस्या देखियो भने क्वारेन्टाइनको व्यवस्था गरेर निगरानीमा राख औषधि उपचार गर्ने तयारी गरेका छौं ।’

भारतबाट आज भित्रिने नगरबासिलाई क्वारेन्टाइनमा राखिने

मुलुक हिजोबाट लकडाउँन भएपछि नेपाल भारतको सिमानाकामा अलपत्र परेका नगरबासीहरु लाई आजै सम्बन्धित जिल्ला पठाइदैछ । त्यसमध्य ७० जनाको हाराहारीमा शिखर नगरपालिकाका बासिन्दा रहेकाछन् ।
उनिहरुलाई राख्न बानेडुङ्ग्रीसैनको बिद्यालयमा क्वारेण्टाइनको व्यवस्था गरिएको छ । आज राती सबैलाई सो क्वारेण्टाइनमा राखेर निगरानी गरिने इन्चार्ज शाहले बताए । भोली उनिहरुको स्वास्थ्य चेकजाँच गरेर पठाइने छ, शाहले भने समस्या देखिए सम्बन्धित वडा क्वारेण्टाइन खडागरी उपचार तथा निगरानी गरिने छ ।’

स्वास्थ्य चौकी र बिद्यालयमा क्वारेण्टाइन तयारी

नगरका सबै स्वास्थ्य चौकी र आवस्यकता अनुसार नजिकका माध्यमिक बिद्यालयहरुमा क्वारेण्टाइन कक्ष बनाउँने तयारि भैरहेको छ । आउनसक्ने सम्भाविद संकट संग जुझ्न स्वास्थ्य चौकी र बिद्यालयमा तुरुन्त क्वारेण्टाइन स्थापना गर्नेगरी काम भैरहेको नगरप्रमुख जोशीले बताए ।
नगरप्रमुख जोशीले आपतकालीन अवस्थामा नगरका १३ वटा स्वास्थ्यचौकी, ११ वटा माध्यमिक विद्यालय र २ वटा आधारभुत विद्यालय गरी २६ वटा ठाउँमा क्वारेन्टाइनको व्यवस्थ गर्न सकिने बताए । विश्वव्यापी फैलँदै गएको नोवेल कोरोना भाईरस (कोभिड–१९)को पूर्व सतर्कता अपनाउँन नगर बिभिद गतिबिधि गरिरहेको उनको भनाईछ ।

नगरको दुई ठाउँमा हेल्थ डेक्स

नगरले चैत्र ९ गतेबाट नगरपालिकाको दुई ठाउँमा हेल्थ डेस्क सञ्चालन गरेको छ । नगरपालिकाको वडा नं. ६ तलकोट र वडा नं. १० बानेडुङ्ग्रीसैनमा हेल्थ डेक्स सञ्चालनमा रहेको छ ।
हेल्थ डेक्समा जिल्ला र नगर भित्रिने सबै यात्रुहरुको स्वास्थ्य चेकजाँच र परामर्श सेवा दिदै आएको छ । मंगलबार सम्म हेल्थ डेक्समा जनाको स्वास्थ्य जाँच गर्नुका साथै स्वास्थय परामर्श दिईएको छ । ९ गते २६४ जना , १० गते ४८१ जना र आज १३९ जनाको स्वास्थ्य चेकजाँच गरिएको स्वास्थ्य इन्चार्ज शाहले बताए । उनका अनुसार आज सम्मको चेकजाँचमा कोही पनि यात्रुमा संक्रमणको लक्षण दिखिएको छैन ।

नगरको सार्बजनिक ठाउँमा हात धुने व्यवस्था

नगरपालिकाको मुख्य–मुख्य मानिसको चहलपहल हुने सार्बजनीक ठाउँमा सावुन पानिले हात धुने व्यवस्था मिलाइएको छ । मानिसहरुको साबुन पानिले हातधुने बानि बसोस् । नियमित पटक पटक हात धुनुपर्ने रहेछ भन्ने चेतना जगाउँन हात धुने स्थानको व्यस्था गरेको नगर स्वास्थ्यका सह–इन्चार्ज डिल बहादुर रावलले बताए ।

अहिले नगरपालिकाको कालागाड, तलकोट , लुवाखडी , गोपघाट, बनलेक र दुइवटै हेल्थ डेक्समा हात धुने व्यवस्था गरिएको छ । हातधुने स्थलमा हातधुने तरिका र कोरोना भाइरसबारे जानकारि मुलक चित्रसहितका व्यानर र पोष्टर टाासिएको छ । रावलका अनुसार नगरपालिकाका सञ्चालीत सबै कार्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयमा अनिवार्य हातधुने व्यवस्था गरिएको छ । पटक पटक नियमित हात धुने गर्दा प्राय नाक, मुख र आँखाबाट प्रबेश गर्ने कोरोना भाइरस शरिरमा पस्ने सम्भाबना न्यून हुने रावलले बताए । उनले हात साबुन पानिले नधाई नाक, कान , आँखा, मुख लगायतका अंग नछुन समेत अनुरोध गरे ।

नगरबासिलाई माक्सको व्यवस्था

नगरले नगरका बासिन्दाहरुलाई अनिबार्य माक्सको प्रयोग गर्न अनुरोध गरेको छ । माक्सको अभावलाई परिपुर्ति गर्न नगरले मास्को अडर गरिसकेको छ ।
‘भाइरस रोकथामका लागि माक्स पनि अनिवार्य छ । जिल्लामा अहिले यसको अभाव रहेको छ । हामिले अडर गरिसकेका छौ,उपप्रमुख धौली देवी रावलले भनिन्,‘अडर गरेको माक्सहरु आइपुगने बित्तिकै वडावडामा गयर बितरण गर्नुका साथै अनिबार्य प्रयोग गर्न सुझाब दिइने छ ।’
माक्सले भाइरस रोकथाम गर्न कसरी मदत पु¥याउँछ भन्ने बारे स्वास्थ्यकर्मीको टोलीले जानकारी दिनेछ । स्वास्थ्यकर्मी सहितको टोलीले बितरण गर्ने छ । माक्सको मागलाई परिपुर्ति गर्न सकिएन भने यहि पनि उत्पादन गर्न लागायर बितरण गरिने उनले बताइन् ।

एम्बुलेन्स तैनाथ

नगर प्रमुख जोशीले जनताको स्वास्थ्य नै आफ्नो तागत भएको बताउँदै जनस्वास्थ्यको रक्षा गर्न जस्तो सुकै परिस्थिति संग लड्न तयार रहेको बताए । कोरोनाको संत्रासले विश्वनै आतंकित भएको अवस्था उनले जनतालाई सान्तोना दिदै नहडबडाउँन अनुरोध गरे ।
उनले भनेका छन्,‘नगरबासिहरु आफ्नो स्वास्थ्यको हेरचाह गर्नुस्, सामान्य साबधानी अपनाउँनुस् , नियमित आत धुनुहोस्, कसैमा समस्या देखिए स्वास्थ्यचौकी वा नगरमा सम्पर्क गर्नुस् । धेरै मान्छेहरु यो भाइरसको उपचार पछि निको भएकाछन् आफ्नो आत्मवल कायम राख्नुस् । बैदेशिक रोजगारबाट आएकाहरु नगरको सम्पर्कमा बस्नुस् र होम क्वारेण्टाइनमा बस्नुस् । त्यस्तो केही समस्या देखिए नगरबासिको उपचारको प्रबन्ध मिलाउँने जिम्मा हामी लिन्छौं’
नगर प्रमुख जोशीले नगरबासिका लागि नगरमा एम्बुलेन्स तैनाथ रहेको बताउँदै आवस्यक परे नगरसंग भएका अन्य सवारीसाधनहरु पनि एम्बुलेन्सका रुपमा प्रयोग गरेर जनलाई स्वास्थ्य सेवा दिने बताए ।

स्वास्थ्यकर्मी सुरक्षा कवज र औषधिको प्रबन्ध

भाईरसको संक्रमणबाट स्वास्थ्यकर्मीहरु पनि असुरक्षित हुने भएकाले स्वास्थ्यकर्मीका लागि सुरक्षित पोशाक (पिपिई), ग्लोब्स, माक्स, बुट लगायतका सामग्रीको प्रबन्ध गरिने स्वास्थ्य इन्चार्ज शाहले बताए । उनले ति सबै उपकरण र सामग्रीको अडर गरिसकेको र केही दिनमा सबै स्वास्थ्य संस्थामा पुग्ने बताए । क्वारेन्टाइनका लागि चाहीने सामग्री
बिरामीका लागि लागि चाहिले पिपिई, को जोहो गर्ने कार्य भैरहेका छ ।

उनका अनुसार नगर स्वास्थ्य संग अहिलेका लागि चाहिने औषधि तथा उपकरण पर्याप्त मात्रामा जोहो भएको र सबै स्वास्थ्य संस्थाहरुमा पुगेको छ । नगर संग आउँने संभावित जोखिमका लागि चाहिने औषधि अग्रीम खरिद गरि स्टक राखिएको छ ।

विपद व्यवस्थापन कोषमा ८ लाख

नगरपालिकाको विपद व्यवस्थापन कोषमा ८ लाख जम्माछ । सो रकम कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि खर्च गरिने नगरपालिकाले जनाएको छ । नगरले नगर स्वास्थ्यलाई आवस्यक परे आपतकालीन अवस्थामा निर्णय गरी अन्य रकमको जोहो गरी भाइरस नियन्त्रणका लागि खर्च गर्ने बताएको छ ।

आर.आर.टी गठन

नगरपालिकाले महामारी व्यवस्थापनका लागि नगरप्रमुख सिताराम जोशीको संयोजकत्वमा नौ सदस्यीय द्रत प्रतिकार समिति (आर.आर.टी) गठन गरेको छ । नगर स्वास्थ्य प्रमुख हरीश शाह सो समितिको सदस्य सचिव छन् ।

समतिले नगरमा महामारी फैलिन नदिन, नगरबासीलाई संक्रमण हुन नदिन र माहामारी फैलियो भने त्यसलाई व्यवस्थीत गरी बिरामीको उपचार गराउँन काम गर्नेछ । छिटो छरितो स्वास्थ्य सेवा दिन, घरघरमा स्वास्थ्य सेवा दिन आर.आर.टी टिम कटिबद्ध रहेने स्वास्थ्य प्रमुह शाहले बताए । उनले भाइरस नियन्त्रणका साथै नगरको अन्य स्वास्थ्य सेवालाई पनि प्रभावकारी रुपले हरेक नगरबासीको घरघरमा पु¥याउँन पहल भैरहेको बताए ।

घर–घरमा हाते पुस्तिका

नगरले कोरोना भाइरसबारे जनचेतना फैलाउँन हरेक नगरबासिको घर–घरमा जनचेतना मुलक हाते पुस्तिका पु¥याएको छ । हाते पुस्तिकले संक्रमण रोकथाम तथा नियन्त्रणमा मद्धत पुग्नेछ ।

हाते पुस्तिकामा कोनारा भाइरसको परिचय, लक्षण, यसबाट बच्ने र अरुलाइ बचाउँने उपाय, गर्न नहुने र गर्न हुने कार्य, रोकथमका लागि बिद्यालयको भुमिका र कोरोना बारे धेरै सोधीने प्रश्न र उत्तर राखेको छ । यसले भाइरस बारे नगरबासीलाई जानकारी दिनेछ ।
यो संगै नगरले कोरोना भाइरस सम्बन्धि माइकिङ्ग र जिल्लाका एफ.एम्ं रेडियोहरु मार्फत सन्देश मुलुक सुचना प्रभाह गर्दै आएको छ । नगरका सबै वडाहरुमा माइकिङ्ग गरि सचेतना जगाउँने कार्य पनि भैरहेको छ ।


Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र ११

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP