डोटी : कोरोना भाइरस संक्रमणको आशंकामा सुदूरपश्चिम प्रदेशकाबाट २७ जनाको थ्रोट स्वाब परिक्षणमा पठाइएको छ । स्वाब पठाएका मध्य १४ जनामा कोरोनाको संक्रमण नभएको रिर्पोट आएको छ भने १३ जनाको रिर्पोट आउँन बाँकी छ । १३ जनाको स्वाब परिक्षणका लागि बुधबार मात्रै काठमाण्डौं पठाइएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वाव संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको जनाएको छ । कोरोना संक्रमणको आशंकामा अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा नौँ जनालाई राखिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले १३ जनाको रिपोर्ट आउँन १२ देखी २४ घण्टा लाग्न सक्ने बताइन् । १४ जनाको हवाई सेवा मार्फत स्वाव पठाईएको ले रिपोर्ट आइसकेको बताउँदै उनले बाँकी १३ जनाको लकडाउनका कारण हवाई सेवा बन्द हुँदो महाकाली अस्पतालको गाडीमा स्वाव पठाईएको बताइन् ।
कोरोना संक्रमित नेपाली युवतीसंगै आएका धनगढीका एक युवक र उनका भाइकोे स्वाब परिक्षणका लागि पठाउँन बाँकी छ । पहाडी जिल्लाहरुबाट पनि नमुना संकलन भएकाले संगै पठाउँने तयारी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...