२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

समाचार प्रभाव : स्वास्थ्यकर्मी कुटपिटको घटना प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण

दोषीलाई तीन दिनभित्र कारबाही गर्न गृह मन्त्रालयमा अनुरोध

डोटी- डोटी र देशका अन्य क्षेत्रमा महामारीका बेला खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

बिहिबार नियमित मिडिया ब्रिफ्रिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ती घटनाप्रति ध्यानाकर्षण भएको र दोषीलाई तीन दिनभित्र कारबाही गर्न गृह मन्त्रालयमा अनुरोध गरेको बताएका छन् ।

डोटीका स्वास्थ्यकर्मी कुवँर माथी कुटपिट भएको घटना शिखर समाचारले पहिलो पटक प्रकाशन गरेको थियो । घटनाको विरोधमा नेपाल स्वास्थ्यकर्मी संघ डोटीले कार्बाहीको माग गर्दै विज्ञप्ती जारी गरेको थियो भने काठमाण्डौंमा स्वास्थ्यकर्मीले विरोध जनाएका थिए । विभिन्न नेपाली मिडियाले महामारीमा खटिएका स्वास्थ्यकर्मी माथि कुटपिट भएको घटना प्राथमिकताका साथ प्रकाशन, प्रसारण गरेका थिए । घटनाको देशै भर विरोध भैरहेको छ ।

आइतबार शिखर नगरपालिका वडा नम्बर ७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी गइरहेका अहेव रमेश कुवँर कुटपिटबाट घाइते भएका थिए । गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानिय तीन जनाले गाली गलौच गर्दै एक्कासी ढुङ्गामुडा प्रहार गरेका थिए ।

घाइते स्वास्थ्यकर्मीको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ । अस्पतालका अनुसार घाइतेको टाउकोको हड्डी फुटेको छ ।

इता घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थुनेर अनुसन्धान गरिरहेको छ । घटनाका दोषी उपर सार्वजनिक मुद्धा दर्ता गरिएको घाइतेका आफन्तले बताए ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ २२

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP