२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै डोटीका स्वास्थ्यकर्मी माथी आक्रमण

घाइते स्वास्थ्यकर्मीको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचार हुँदै

डोटी- डोटीमा स्वास्थ्यकर्मी माथी आक्रमण भएको छ । शिखर नगरपालिका वडा नं. ९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँर माथी आक्रमण भएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए ।

आक्रमणमा गम्भिर घाईते भएका स्वास्थ्यकर्मी कुवँरलाई डडेलधुरा अस्पताल पठाएको थियो । डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौं स्थित ट्रमा सेन्टर लगिएको छ । कुँवरको टाउकोमा गम्भिर चोट लागेको छ ।

शिखर नगरपालिका वडा नं. ७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी पैदल जादै गरेका कुवँर माथी तीन जनाले आक्रमण गरेका थिए । साँझ ७ बजे शिखर नगरपालिका वडा नं. ७ को बोगटा गाउँको बाटो हुँदै स्वास्थ्यचौकी जाँदै गरेका कुवँरलाई गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानिय तीन जनाले गाली गलौच गर्दै एक्कासी ढुङ्गामुडा प्रहार गरेको घाइतेलाई उदृत गर्दै घाइतेका आफन्तले बताए ।

आक्रमण गर्ने तिनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिखर नगरपालिका ७ बोगटाका, नविन खत्री, रोशन खत्री र तेज लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई तिलताली प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भैरहेको छ ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ जेष्ठ २०

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP