२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

देश खोज्दै सीमानामा पुगेका नागरिको उद्धार गर्न काँग्रेस केन्द्रीय सदस्य बलायरको माग

पवन महरा

शिस डेस्क- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरले देश खोज्दै सीमानामा पुगेका नेपालीको उद्धार गर्न सरकार सँग माग गरेका छन् । उनले सरकारमा रहेका बिभिन्न ब्यक्ति तथा सरकारका निकाय सँग टेलिफोन गर्दै प्रवासमा अलपत्र नेपालीको स–सम्मान उद्धार गर्न माग गरेका हुन् ।

केन्द्रीय सदस्य बलयारले आफ्नो फेसबुक पेजमा समेत चिनको वुहानबाट प्लेन चार्टर गरेर स्वदेश ल्याएका नागरिक जस्तै नेपाल भारतको सीमानाकामा देश खोजिरहेका अलपत्र नेपालीको पनि उद्धार हुनुपर्ने बताएका छन् । कोरोना भाइरस (कोभिड १९) का कारण विश्व नै आतंकित रहेको बेलामा नेपाल सरकार लोकप्रिय भाषण र दम्भमा व्यस्त रहेको आरोप लगाउदै बलायरले चिनबाट नागरिकलाई स्वदेश ल्याउदा सरकार जनता प्रति उत्तरदायी छ भन्ने भान भएको उल्लेख गरेका छन् । तर आज सरकारले निर्माण गरेका क्वारेण्टाइनको हालत, संक्रमितको अवस्था, उपचार, खानपिन हेर्दा सरकार कता छ ?, के गर्दै छ ? थाहाहुन नसकेको बलायरले स्टाटस् लेखेका छन् ।

क्वारेण्टाइनमा रहेका संक्रमितले विना उपचार मृत्युवरण गर्नु परेको नेपाल एक मात्र देश भएको उल्लेख गर्दै केन्द्रीय सदस्य बलायरले यस घटनाले झन सरकारको गलत मनसाय उधाङ्गो पारेको बताए । उनले प्रश्न गरेका छन्,“चीनबाट त्यती ठुलो लागनी गरेर नेपाली जनतालाई ल्याउने सरकारले भारतबाट जो आफ्नै खर्चमा परिवार र बालबच्चाका साथ सीमानामा पुगेका छन्, जसले प्रवासमा अत्यन्तै पीडा र अपमान भोग्नु परेको छ, तिनीहरुलाई सरकारले किन भित्र्याई राखेको छैन ?”

प्रवासमा अलपत्र नेपालीहरुलाई सहज रुपमा स्वदेश फर्किने बाताबरण सृजना नगरे जटिल परिस्थितिका बारेमा सरकार संवेदनशिल नभए देश भित्रका जनता नयाँ कदम उठाउन बाध्य हुने बलायरले चेतावनी दिएका छन् । उनले नजिकै सीमानामा रहेका नेपालीहरुलाईे स्वदेश ल्याउन नसके समुद्र पारीका पीडित, अलपत्र प्रवासीलाई सरकारले देश फर्काउँछ भन्ने विश्वाश मरेर जाने बताएका छन् ।

आफुलाई लोकप्रिय भन्ने सरकार आफ्ना अलोकप्रियता सँग डराएर लकडाउन मात्रै गरिरहेको आरोप लगाउँदै बलायरले यस्तो लुकाछिपी धेरै दिन नचल्ने उल्लेख गरेका छन् । उनले सरकारले बेलैमा होश पु¥याए मात्रै भलो हुने चेतावनी दिएका छन् ।

केन्द्रीय सदस्य बलायरले आजै भारतको पलियामा अलपत्र परेका नेपालीहरुको अवस्थाका बारेमा बुझेका छन् । पूर्व मन्त्री बलायरले पलियामा अलपत्र परेकासंग भिडियो सम्बाद गर्दै आफुहरुको अवस्थाका बारेमा बुझेको पलियामा अलपत्र गणेश महराले शिखर समाचार सँग बताएका छन् । महराले भने,“हामी ३/४ दिन देखि पलियाको सडक तथा खुल्ला चौरमा सयौंको मात्रामा भोक भोकै अलपत्र छौं । स्थानिय सरकार, प्रदेश सरकार संग पनि समस्याका बारेमा जनकारी गरायौं तर सबैले अहिलेका अवस्थामा केही गर्न नसकिने बताउँदै आएका छन् । पूर्व मन्त्री ज्यूले समाचार तथा सामाजिक सञ्जालबाट हाम्रो बारे थाह पाएर हामिसंग सम्पर्क गर्नुभएको छ । म केही पहल गर्छु प्रवासमा अलपत्र, अपमानित र भोकै बस्न दिन्न भन्नुभएको छ । केही आश पलाएको छ ।”

भारतमा समस्यामा परेका हजारौं मजदुरहरु पलिया लगायतका सीमानाहरुमा सरकार र देश खोजि रहेका छन् । भारत सरकारले पनि नेपाली मजदुरहरुलाई नेपाल फिर्ता गर्ने बाहना खोजिरहेको छ । त्यस्तै अन्य मुलुकहरुमा पनि नेपालीहरु व्यरोजगार बनेर कोरोनाको त्रास, परिवारको चिन्ता र भोको पेटमा सरकारको निर्णय कुरी रहेका छन् भने धेरैले परदेशमै ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ जेष्ठ ७

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ जेष्ठ ७

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ जेष्ठ ७

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP