२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

कंग्रेस केन्द्रिय सदस्य बलायरद्वारा विद्यार्थीहरुलाई खाद्यान्न वितरण : लकडाउनको पुर्ण पालना गर्न अनुरोध

पवन महरा

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं पूर्व भौतिक पूर्बाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले काठमाण्डौंमा डेरागरी बस्दै आएका विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरेकाछन् । केन्द्रिय सदस्य बलायरको सहयोगमा शुक्रबार काठमाण्डौंमा अध्ययनरत डोटीका ८० जना बिद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

लकडाउनका कारण काठमाण्डौं मै डेराभित्र बसेका विद्यार्थीहरु भोकै बस्न नपरोस् भन्ने उद्येश्यले लकडाउन अबधिका लागि भनेर खाद्यान्न वितरण गरिएको हो । शुक्रबार मन्त्री लगायतको टोलीले विद्यार्थीहरुको कोठामै गएर खाद्यान्न उपलब्ध गराएको छ । तत्कालका लागि प्रति विद्यार्थी १० किलो चामल, एक किलो दालका दरले आठ सय किलो चामल तथा ८० किलो दाल वितरण गरिएको वितरण कार्यमा सहभागी चन्द्र वोगटीले जानकारी दिए । यो संगै प्रती ब्यक्ती १ लीटर तेल, १ किलो नुन र मसला पनि वितरण गरिएको वोगटीले शिखर समाचारलाई जानकारी दिए ।

काठमाण्डौं स्थित कृतिपूर, कलंकी, कालीमाटी, शंखमुल, कोटेश्वर, कपन, घट्टेकुलो, अनामनगर, वानेश्वर र भक्तपुरको जडीवुडीमा रहेका विद्यार्थीको कोठामा पुगेर खाद्यान्न सामाग्रीहरु वितरण थियो । तत्काल वितरण गरेको खाद्यान्नले सरकारले तोकेको लकडाउन अबधि १५ गते सम्म पुग्ने गरेर वितरण गरेको हो । लकडाउनको अवधि थप भए थप खाद्यान्नको व्यवस्था गरिने जनाइएको छ । यो संगै काठमाण्डौंमा बस्ने, समस्यामा परेका अन्य विद्यार्थीहरुलाइ पनि सहयोग गरिने छ ।

केन्द्रिय सदस्य बलायरले आफु विद्यार्थी राजनीतिबाट नै यहाँ सम्म पुगेको बताउँदै विद्यार्थी जीवनमा हुने अभाव र चाहिने साहराका बारेमा राम्रो ज्ञान रहेको बताए । उनले भने,‘मुलुक अहिले कोरोना भाइरस संगको लडाइमा छ । लकडाउनलाई कडाइ गरिएको छ । सरकारलाई हामीले यस्तो बेला सहयोग गरिरहेका छौं । व्यक्तिगत विद्यार्थीका लागि यो सहयोग केही पनि होइन, थोरै हो तर काठमाण्डौंमा व्यरोजगार विद्यार्थीहरुले खान नपाएकै कारण सडकमा आउनु पर्ने, बिरोध गर्नुपर्ने, लकडाउनको उलंघन गर्नुपर्ने बाताबरण सृजना भयो भने कठिन परिस्थिति आउन सक्छ त्यसैले समयमै उनिहरुको सामान्य समस्याको समाधान गर्न खोजेको हुँ ।’

केन्द्रिय सदस्य बलायरले कोरोना भाइरस (कोभिड १९) का कारण विश्वनै त्रसित भैरहेको समयमा विद्यार्थीहरुलाई लकडाउनको पुर्ण पालना गरेर भाइरस नियन्त्रण तथा रोकथाम अभियानलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् । उनले शिखर समाचार संगको कुरा गर्दै काठमाण्डौंमा लकडाउनका कारण अफ्ठेरोमा परेका विद्यार्थी तथा अन्य व्यक्तिहरुले फलास्नो पार्टीको नेता, फलास्नो ठाउँको मान्छे भन्ने केही भावना नराखेर सम्पर्कमा आउँन अनुरोध गर्दै आफुले सक्ने जति सहयोग गर्ने बताए ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७७ बैशाख ५

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP