शिस डेस्क– भारतका बिभिन्न ठाउँबाट स्वदेश फर्किदै गरेका सयौं नेपालीहरु पलियामा अलपत्र परेका छन् । भारतमा मजदुरी गर्दै आएका नेपालीहरु खाना र बस्ने व्यवस्था नभएका कारण स्वदेश फर्किन लागेका हुन् ।

भारतबाटका बिभिन्न ठाउँहरुबाट नेपाल भारत सीमा क्षेत्रमा पु¥याइदिने भनेर भारतका यायायात व्यवसायीहरुले प्रति व्यक्ति ४ देखी १० हजार सम्म भाडा लिएर पलियामा छाडेको अलपत्र परेका प्रवासीहरु बताउँछन् । नेपाल भारत नाका बन्द भएको भन्दै भारतीय प्रहरीले पलियाबाट बस अगाडी आउन दिएको छैन । प्रहरीले यातायातका साधन चल्न नदिए पछि अलपत्र यात्रुहरु पैदल गौरीफण्टाका लागि हिडेका छन् । तर पैदल हिडेर गौरीफण्टा नाका सम्म आएका यात्रुहरुलाई भारत सरकारले पुनः पलिया तिरै फर्काइ रहेको छ । पलिया देखि गौरिफण्टा ४० किलो मिटरको दुरीमा छ ।

भारतबाट पलिया सम्म आउने नेपालीहरुकोक्रम जारी छ । बुधबार मात्रै पलियामा दुई हजारको संख्यामा नेपाली प्रवेस गरेका छन् । यस अघि पनि सयौंको संख्यामा नेपालीहरु पलिया पुगेका थिए । कोरोना भाइरस कोभिड १९ का कारण गरिएको लकडाउनले गर्दा काम बिहिन बनेका नेपाली मजुरहरु भोकले मर्नु भन्दा स्वदेशमै गएर बरु रोगले मरौंला भनेर नेपालका लागि यात्रामा निस्किने गरेका छन् । पलियामा अलपत्र परेकामध्य धेरै जसो सुदूरपश्चिम प्रदेशका रहेका छन् ।
पलियामा अलपत्र परेका नेपालीहरुले खाना, पानी र बासको समेत व्यवस्था नभएको गुनासो गरेका छन् । क्वारेण्टाइनको हल भरिभराउ भएका कारण खुल्ला चौरमा दिन रात विताउनु परेको सुदूरपश्चिमेली नेपाली समाज महाराष्ट्र राज्य समितिका सदस्य गणेश महराले बताए । शिखर नगरपालिका ८ डोटीका उनि ३ गते मुम्बैबाट नेपालकका लागि आएका थिए । उनिसंगै मुम्बैबाट ६ गते ४ वटा बसमा हजारौं मान्छेहरु पलिया पुगेका थिए । खाना, पानिको कुनै व्यवस्था नभएको र खुल्लाचौरमा बस्नु परेको उनले बताए । नेपाल सरकारले तुरुन्त स्वदेश फर्काउने व्यवस्था नगरे पलियाबाटै आन्दोलन सुरु गरेर नाका सम्म आउने योजना बनिरहेको उनको भनाई थियो ।

पलियामा अलपत्र नेपालीहरु सडकमा निस्किएका छन् । दुई तिन दिन देखी भोकै बसेका उनिहरु खानाको व्यवस्था गर्न माग गर्दै सडकमा निस्किएका हुन् । नेपालको सीमाना सम्म आफुहरुलाई जाना दिन भारतिय सुरक्षाकर्मी संग माग गरिरहेकाछन् ।

भारतका यातायात व्यवसायीहरुले नेपालीहरुलाई बसमा राखेर बाटोमा कतै नरोकेर भारत नेपालको सीमा सम्म पु¥याइ रहेको नेपाली जनसम्पर्क समिति दक्षिण भारतका कार्यबाहक अध्यक्ष शिव बहादुर बलायरले बताए । नेपालले नयाँ नक्सा जारी गरेसंगै नेपालीलाई भारत छोड्न भारतीय जनता तथा स्थानिय नेता कार्यकर्ताहरुले समेत नेपाली मजदुरलाई दवाब दिने गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री स्वकीय सचिवले नै भारतमा अलपत्र नेपालीलाई फर्किन भने पछि स्वदेश फर्किनेको संख्या बढ्दै गइरहेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय प्रेम कुवँर (प्रख्यातले) सरकारको कुनै निर्णय विना भारतमा रहेका नेपाली संगको टेलीफोन बार्तामा स्वदेश फर्किन भनेको अडियो भाइरल बनेको थियो ।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...