२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सोती घटनाका दोषीलाई कार्बाही गर्न माग गर्दै नेविसंघको प्रदर्शन

केआईसिंह– नेविसंघले डोटीमा सोती घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । जिल्लाको केआईसिंह गाउँपालिका वायलमा नेपाल विद्यार्थी संघ केआईसिंह समितिले प्लेकार्ड सहित नारावाजी गर्दै प्रदर्शन गरेको हो ।

पश्चिम रुकुम चौरजहारी गाउँपालिकाको सोती घटनामा ज्यान गुमाउने नवराज वि.क लगायत उनका ६ जना साथिहरुको न्यायका लागि गरिएको विरोध प्रदर्शन पछि कोण सभाको समेत आयोजना गरिएको थियो ।

प्रदर्शनकारी विद्यार्थीले घटनामा ज्यान गुमाउनेका पीडित परिवारलाई न्याय हुनेगरी दोषीलाई कार्बाही गर्नुको साटो सरकार हत्याको बचाउमा लागेको आरोप लागाएका छन् । आफ्ना कार्यकर्ताहरुले हत्या गर्दा पनि ढाकछोप गर्ने सरकार स्वयंम नै हत्यारा साबित भएकोले आफुहरु न्यायको पक्षमा उभिदै प्रदर्शन गर्न बाध्य भएको नेविसंघ केआईसिंह गाउँपालिकाका सभापति प्रकास परियारले बताए । उनले पीडितले न्याय नपाए आगामी दिनमा आन्दोलनलाई कडा पार्दै लैजाने बताए ।

कोण सभालाई सम्बोधन गर्दै नेवि संघ त्रिभुवन विश्वविद्यालयका नेता श्यामराज ओझाले जातीय भेदभाव गरेर नवराज लगायत उनका साथिहरुकोे हत्या गरेको घटना जातीयता विरुद्ध मात्र नभई मानवीयता विरुद्धको हिंसा भएको बताए । ओझाले सरकारले तत्काल छानबिन गरि हत्यारालाई आजिवन जेल सजाय गरिनुपर्नेे माग राख्दै उनले भने,‘अहिले सडक , सदन, सहर र गाउँ चारैतिर नवराज लगायतका व्याक्तिहरुको न्यायका लागि आवाज उठिरहेको छ । यस्तो अवस्थामा पनि सरकार हत्यारालाई बचाउने खेलमा लाग्नु नेपाल र समग्र मानव जगतको लागि नै अहितकारी साबित भएको छ ।’

प्रदर्शकारीले,“नवराज वि.क. लाई न्याय दे, के.पि सरकार अति भो, न्याय कुल्चिने कति हो, समाजिक भेदभाव अन्त्य गर, हत्यारालाई कारबाही गर !” जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।

प्रदर्शनकारीले नवराज लयायतका युवाहरूलाई प्रेमको बदला मृत्यु दिनेहरुलाई कार्बाही नगरे सरकार र हत्यामा संलग्न कथित उपल्लो जातिका समुदाय विरुद्ध थप संघर्षका कार्यक्रम जारी गर्दै आन्दोलनलाई थप कडा पारिने चेतावनी समेत दिएका थिए ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए । रुकुम सोती घटनाविरुद्ध देशै भरी आन्दोल भैरहेको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ २७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP