२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

रुकुम सोती घटनाविरुद्ध डोटीमा संघर्ष समिति गठन

डोटी- पश्चिम रुकुमको चौरजहारी गाउँपालिकाको सोतीमा घटेको घटनाविरुद्ध निरन्तर संघर्ष गर्न डोटीमा संघर्ष समिति गठन गरिएको छ । सोमबार सिलगढीमा आयोजित भेलाले अधिकारकर्मी अधिराज बिसिको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

नेपाल दलित संघ डोटीका पूर्व अध्यक्ष तथा नेपाली काँग्रसका महाधिवेसन प्रतिनिधि कुमारसिंह टेलरको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार सदस्यमा खगेन्द्र टेलर, रविन्द्र टेलर, धर्मसिंह बिक चयन भएका छन् ।

संघर्ष समितिको सचिवमा कर्ण चुनारा, सदस्यमा लालबहादुर बिक, रोशन कोली, सन्तोश बिक, रमेश बेन्जामिन, रेखा बागचन लगायत रहेकाछन् ।

विगत देखि जिल्लामा हुँदै आएका संघर्षका कार्यक्रमलाई बलियो बनाउन, एकबद्ध भएर संघर्षमा लाग्न र पीडितले न्याय नपाउन्जेल सम्म आन्दोललाई निरन्तरता दिन संघर्ष समिति गठन गरिएको संयोजक बिसिले बताए ।

सोतीमा दलित भएकै कारण मानवता हराएको बर्बर घटनामा संलग्नलाई हदै सम्मको कारबाही गराउन र दलितको हक, अधिकार, समानता कायम गराउँदै नेपाली समाजबाट जातिय बिभेद हटाउन संघर्ष समिति गठन गरिएको सल्लाहकार समिति संयोजक टेलरले बताए । उनले जिल्लाका अधिकारकर्मी, दलित समुदाय, नागरिक समाजलाई एकढिक्का बनाएर संघर्षमा उत्रिने बताउदै सबैलाई मानबता हराएको घटमाका विरुद्ध लड्न र पीडितलाई न्याय दिलाउन साथदिन अनुरोध गरे ।

संघर्ष समितिले आजै बुधबार देखि विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०७७ जेष्ठ १९

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP