डोटी- डोटीमा रुकुम चौरजहारी सोती घटनामा ज्यान गुमाउनेहरुको पुण्य तिथिमा दिप प्रज्वलन गरिएको छ । नेपाल दलित संघ डोटीको आयोजनामा घटनामा ज्यान गुमाउने नवराज बिक लगायत उनका साथीहरुको १३औं दिनको पुण्य तिथिमा दिप प्रज्वलन गरेको होे ।
जिल्ला प्रशासन कार्यालय डोटीको गेटमा दिप प्रज्वलन सहित श्रद्धाञ्जली सभा आयोजना गरिएको दलित संघ डोटीका अध्यक्ष लाल बिकले बताए । ज्यान गुमाउने ६ जनाको सम्झना गर्दै दोषीलाई कडा कार्बाही गर्न माग गरिएको अध्यक्ष बिकले बताए ।
घटना बिरोधमा दलित संघले यस अघि पनि विभिन्न दबावमुलक कार्यक्रम गर्दै आएको छ भने राजनीतिक दल, भातृ संगठन, अधिकारकर्मी, नागरिक समाज लगातको सहभागितामा संघर्ष समिति समेत गठन गरिएको छ ।
अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...