२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

डोटी सुन काण्डको एक वर्ष: व्यापारीले पचाए आधा किलो सुन, प्रहरीको भुमिका गौण

डोटी- डोटीमा एक किलो एक सय ग्राम सुन भेटिएको एक वर्ष बितेको छ । २०७७ माघ १४ गते जिल्ला प्रहरी कार्यालयको टोलीले स्रोत नखुलेको एक किलो एक सय ग्राम सुन र १७ लाख ४७ हजार नगद बरामद गरेको थियो ।

दिपायलका व्यापारीसँग सुनका केही पाता बित्रीm गरेर बिक्री गरेको नगद सहित तराई जान लागेकी वृद्धबाट प्रहरीले १७ लाख ४७ हजार नगद बरामद गरेको थियो । अनुसन्धान गर्दै जाँदा ती महिलाले केआईसिंह गाउँपालिका वडा नं. ६ भिताणी स्थित आफ्नै घरमा लुकाएर राखेको थप एक किलो एक सय ग्राम सुन पनि बरामद गरिएको थियो ।

भारतबाट चोरी गरेर ल्याएको सुन मध्य केही सुन डोटीको प्रमुख बजार पिपल्लामा बिक्रि भएको थियो । प्रहरीले बरामद गरेको सुन इन्टरपोलमार्फत भारतका सुन धनिलाई बुझाइसकेको दाबी गर्दै आएको छ । वृद्ध महिलाका भतिजाले दुई सय ग्रामको एउटा पाता र एक सय ग्रामका तीन पाता गरि पाँच सय ग्राम (आधा किलो) सुन २१ लाखमा पिपल्लाका सुन व्यवसायीसँग बिक्री गरेका थिए ।

अबैध सुन अदालतमा पेश हुन्छ, इनटरपोल मार्फत फिर्ता हुँदैन : कानुन विद

नेपालमा बरामद भएको सुन, नगद वा सामान अन्य देशमा पठाउँन नमिल्ले जानकारहरु बताउँछन् । इन्टरपोलले घटनामा संलग्न व्यक्तिलाई मात्र पक्राउ गर्ने हो,‘एक जना कानुन विदले शिखरसमाचारसँगको कुराकानीमा भने,‘सुन, नगद र सामान जुन देशमा बरामद भयो त्यही देशको ढुकुटीमा जम्मा हुन्छ ।’ कानुन विदका अनुसार त्यस्तो अबैध सामग्री अदालतमा बुझाउनु पर्छ, अदालतबाट फैसला भएपछि त्यसलाई बेचेर नेपाल सरकारको राजस्वमा जम्मा गरिन्छ ।

नेपालमा कसैको घरबाट चोरी भएको सुन हो भने जिल्ला अदालतमा पेश गर्नु पर्ने हुन्छ, ‘कानुन विदले भने,‘विदेशी नाका हुँदै चोरी गरेर, राजस्व छली गरेर ल्यारएको अबैध सामग्री हो भने उच्च अदालतमा पेश गर्नु पर्छ । फैसलापछि सरकारको राजस्वमा जम्मा हुन्छ ।’

तर, जिल्ला प्रहरी कार्यालयले भने इन्टरपोल मार्फत उक्त सुन सम्बन्धित व्यक्तिलाई बुझाएको जिकिर गर्दै आएको छ ।

व्यापारीले पचाए आधा किलो

प्रहरीले बरामद गरेको सुन बाहेकको आधा किलो अबैध सुन दिपायलका व्यापारीले पचाएका छन् । केआईसिंह गाउँपालिका वडा नं. ६ भिताणीकी सुन सहित पक्राउ परेकी वृद्धा काली भुलले पाँच पाता सुन दिपायल पिपल्ला बजार स्थित एक सुनचाँदी पसलमा बिक्री गरेको बताइन् ।

दुई सय ग्रामको एउटा पाता र एक सय ग्रामका तीन पाता गरि पाँच सय ग्राम (आधा किलो) सुन वृद्धा महिलाका भतिजाले व्यवापारीलाई बिक्री गरेका थिए । व्यापारीले सो सुन वाफत २१ लाख नगद दिएका थिए । सुन बिक्री गरेकै दिन सो नगद लगेर ती महिला तराईका लागि हेडेकी थिइन् । प्रहरीले महिलाबाट १७ लाख ४७ हजार मात्र नगद बरामद गरेको बताएको थियो ।

स्रोत नखुलेको बिल विनाको सुन खरिद बिक्री गर्न कानुनले बन्देज गरेको छ । अबैध सामानको कारोबार गर्नेलाई कडा सजाय हुने व्यवस्था छ । अबैध सुन कारोबार भएको प्रहरीलाई पनि सुरु देखिनै जानकारी छ तर कुनै कारबाही हुन सकेको छैन । व्यापारीले एक वर्ष यता सुन पचाएका छन् ।

प्रहरीको भुमिका गौण

अबैध सुन काण्डमा प्रहरीको भुमिका सुरु देखि नै गौण छ । अबैध सामग्री, अपराधमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि प्रहरीले सामान्य तया पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रचलन छ । तर यो घटना सार्वजनिक गरिएको थिएन ।
बरामद सुन र नगद इन्टरपोल मार्फत बठाएको दावी गर्ने प्रहरीले अबैध कारोबार र कारोबारीका विषयमा भने गौण छ । सुन खरिद बिक्रीका सम्बन्धमा जानकार प्रहरीले अबैध कारोबारलाई चासो देखाएको पाइदैन ।

सुन काण्डमा प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरु पनि सामान्य सोधपुछ पछि छाडिएका थिए । घटनामा प्रतक्ष संलग्न भनिएका व्यक्तिहरु अहिले पनि फेला परेका छैनन् । उनिहरुलाई समात्न र घटनाको गहिरो अनुसन्धान हुन सकेको छैन । प्रहरीले सोधपुछका लागि समातेका व्यक्तिहरुले बजारमा सुन बिक्री गरेको बयान दिए पनि कुनै कारबाही अगाडी बढ्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले थप सुनका विषयमा उजुरी नआएपछि व्यापारीमाथि केही नगरेको बताए । अबैध सुन खरिद गर्ने स्थानीय व्यापारी माथि किन कारबाही भएन भन्ने शिखर समाचारको प्रश्नमा उनले भने,‘सुन बिक्री भएको पैसा बरामद भएको छ । सुन हराउने र चोर्ने दुबै नेपालको भएको भए नेपालको कानुन अनुसार केस अगाडी बढ्थ्यो ।’ पीडित मान्छे भारतको प¥यो, उनले थपे,‘पीडितले पाएको सुनमा चित्त बुझायो । पीडित पनि नभएको विषयमा किन जनशक्ति खर्च गराउने भनेर त्यता तीर लागिएन ।’

नेपालको कानुन अनुसार घटनामा संलग्न व्यक्तिसँगै अबैध कारोबार गर्ने व्यक्तिलाई अबैध सामग्री जफतसँगै कानुनी कारबाही हुने व्यवस्था रहेको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ १३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP