२०८३ कार्तिक १, शनिबार
October 17, 2026, Saturday

डोटीमा जिप दुर्घटना, एक महिला घाइते

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार साँझ करिब ५:१० बजे जिल्ला अस्पताल डोटीबाट अछामतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज ११९३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल खसेको हो ।

दुर्घटनामा अछामको चौरपाटी गाउँपालिका–२ सोकड निवासी ४० वर्षीया भागीदेवी साउद घाइते भएकी छन् । उनको निधार र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते साउदको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।

जिपमा चालकसहित ६ जना सवार रहेकामा अन्य पाँच जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपको अगाडिको भागमा क्षति पुगेको छ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा टोली खटाएको थियो। जिप घटनास्थलमै रहेको र चालक कर्णबहादुर साउद प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Related News

नेपाली कांग्रेस डोटीको सभापतिमा विजय खड्का सर्वसम्मत निर्वाचित 
नेपाली कांग्रेस डोटीको सभापतिमा विजय खड्का सर्वसम्मत निर्वाचित 
  • २०८३ आश्विन २८

  दिपायल – नेपाली कांग्रेस डोटीको सभापतिमा बाजीसिंह खड्का (विजय)...

TOP