डोटी- डोटीमा प्रहरीले १७ लाख ४७ हजार नगद र एक किलो एक सय ग्राम सुन बरामद गरेपछि एक–पछि अर्को रहस्य खुल्दै आएको छ । सुन र नगद पक्राउ गरिएकी महिलाका सुन पठाउँने छोरा भारतमा रहेको खुल्न आएको छ ।
प्रहरीले सुन भित्र्याउने मुख्य व्यक्तिको खोजि गरिरहेको छ । प्रारम्भिक अनुसनधानमा केआईसिंह गाउँपालिकाका तीन जना त्यसमा संलग्न रहेको बताईएको छ । सुन भारतबाट चोरी गरेर ल्याएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
सुन ल्याउँने तीनै व्यक्ति नातेदार रहेको बताइएको छ । स्थानीय स्रोतका अनुसार केआईसिंह गाउँपालिका वडा नं.–३ झिंगावस्तीका युवा मुख्य योजनाकार हुन् । त्यस्तै सो घटनामा सोही गाउँपालिका–५ रानागाउँका युवाको पनि संलग्नता रहेको बताईएको छ ।
सुन र नगद बरामद गरिएकी महिलाका छोरा भने भारतमै रहेको र झिंगावस्तीका युवाले सो सुन पु¥याएको बताईएको छ । गाउँपालिकाको वडा नं. ६ भित्ताणीकी महिलाको घरबाट सुन बरामद भएको हो ।
प्रहरीले दुवै जनाको खोजिकार्य जारी राखेको छ भने उनिहरुको घरमा पनि छापा मार्ने जनाएको छ । केही सुन दिपायलमा विक्रि भैसकेको खुल्न आएकोले त्यसको पनि खोजि भैरहेको प्रहरीले जनाएको छ ।
उनिहरुको साथबाट ठुलो मात्रामा सुन फेला पर्ने अनुमान गरिएको छ । आज भेटिएको सुन भन्दा बढी मुख्य व्यक्ति भनिएका युवासँग भेटिन सक्ने स्रोत बताउँछ ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...