२०८३ कार्तिक ९, आईतवार
October 25, 2026, Sunday

सेती नदी किनारमा युवकको शव फेला

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक युवकको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार  शनिबार बिहान ११ बजे स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

फेला परेको शव अन्दाजी २८ देखि ३० वर्ष उमेरका पुरुषको रहेको र हालसम्म नामथर तथा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक चन्द्र सिंह ठगुन्नाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

मृतकको पहिचान तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ कार्तिक ८

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP