२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

राहत फिर्ता गरिएका एकल महिलालाई काँग्रेस क्षेत्रीय सभापति लगाएतको सहयोग

डोटी- सायल गाउँपालिकाले प्रदेश सरकारबाट प्राप्त राहत वितरणका क्रममा एकल महिलालाई दिएको राहत फिर्ता मागे पछि ति महिलालाई काँग्रेस नेताहरुले राहत उपलब्ध गराएका छन् । नेपाली काँग्रसका क्षेत्रीय सभापति विजय खड्का लगायतका नेताले एकल महिलाहरुलाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएका छन् ।

गाउँपालिकाले राहत फिर्ता मागेको खबर शिखर समाचार डटकम लगायतका मिडियाहरुमा प्रकासन भएपछि एकल महिलाका लागि सहयोग जुट्दै आएको छ । गाउँपालिकाले वडा नं. २ ओखट्टेकी ३० वर्षिया कृष्णादेवी ओझा र हरिनादेवी ओझाबाट राहत फिर्ता लिएको थियो ।

काँग्रेस नेता ललित बलायरले दुबै महिलालाई २÷२ हजारका दरले नगद सहयोग गरेका थिए । त्यस्तै नेपाली काँग्रस नेता धर्मराज जोशी र ग्रामिण विकास केन्द्र (आरडिसि)का अध्यक्ष दलबहादुर देउवाले ३÷३ हजारका दरले ६ हजार नगद हस्तानतरण गरेका छन् ।

त्यस्तै काँग्रेस क्षेत्रीय सभापति खड्काले एकल महिलाको घरमै गएर दुबै जनालाई २५÷२५ किलो चामल उपलब्ध गराएका छन् । राहत फिर्ता गरिएकी दुबै एकल महिलाको अवस्था नाजुक भएको सभापति खड्काले बताए ।

शिखर समाचार संग उनले भने,‘वास्तममा गाउँपालिकाले त्यस्तै गरिव विपन्न तथा एकल महिलालाई राहत दिनुपर्ने हो तर खै के कारणले दिइएको राहत पनि फिर्ता ग¥यो । मैले घरमै पुगेर उनको अवस्थाबारे बुझे हातमुख जोर्न गह्रो नै रहेछ ।’ खड्काले गाउँपालिकाको राहत पाउँने व्यक्तिमा उहाँहरुको नाम नपरे राहत नै नदिनु पर्ने बताए । गाउँपालिकाले राहत दिएर फिर्ता गरेपछि ति एकल महिलाको अपमान भएको बताउँदै सभापति खड्काले यस्तो कार्यले सरकार र राजनीति गर्ने व्यक्ति प्रतिको विश्वसनीयता नै गुम्ने बताए ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ बैशाख ३१

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP