२०८३ भाद्र ४, बिहीबार
August 20, 2026, Thursday

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा पछिल्लो १३ महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार ५९३ सवारीसाधन कारबाहीमा परेका छन्। कारबाहीबाट ट्राफिक प्रहरीले रु. ३ करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका नौवटै जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका थिए। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै थप ४ हजार ३८१ सवारीसाधन कारबाहीमा परेका छन्।

साउन महिनामा ट्राफिक कारबाहीबाट मात्रै रु. ३७ लाख ९० हजार ५०० जरिवाना असुल भएको कार्यालयले जनाएको छ।

मोटरसाइकल सबैभन्दा बढी कारबाहीमा

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ६४८ मोटरसाइकल कारबाहीमा परेका थिए।

त्यस्तै, ८ हजार ८९३ जिप/कार, ६ हजार २८५ ट्रक, ३ हजार ७११ ट्याक्टर, १ हजार ७८५ बस४ हजार ८९० अन्य सवारीसाधन कारबाहीमा परेका थिए।

साउन महिनामा मात्रै मादक पदार्थ सेवन गरी सवारी चलाउने १ हजार ८७ चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गत वर्ष २५० जनाको मृत्यु

ट्राफिक प्रहरीका अनुसार सुदूरपश्चिममा सवारीसाधनको सङ्ख्या बढ्दै जानु, सडक साँघुरा हुनु, ट्राफिक नियमप्रतिको बेवास्ता र जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढिरहेको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी प्रदेशभर २५० जनाको मृत्यु भएको थियो। दुर्घटनामा १ हजार ३८१ जना गम्भीर१ हजार १६२ जना सामान्य घाइते भएका थिए।

गत आर्थिक वर्षमा लागूऔषध सेवन गरी सवारी चलाउने ५८ जना चालक कारबाहीमा परेका थिए। त्यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ हजार ६४१ चालक कारबाहीमा परेका थिए।

ट्राफिक प्रहरीले प्रदेशभर नियमित चेकजाँचसँगै सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Related News

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता
रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता
  • २०८३ भाद्र ३

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता डडेल्धुरा – परशुराम नगरपालिका–१२...

TOP