बैतडी – मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा बैतडीकी एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–७ सुर्कालका तारादत्त बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु रहेकी छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रारसहित ६ जना सवार स्कारपियो दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएकामध्ये लक्ष्मीको उपचारका क्रममा मृत्यु भएको हो।
नेपाली सेनाको हेडक्वार्टरमार्फत उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल पठाइएकी लक्ष्मीको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा लक्ष्मीका श्रीमान् ५१ वर्षीय तारादत्त बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया छोरी रिता बडुसहित अन्य घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको जनाइएको छ।
धनगढी – हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...