२०८३ भाद्र ३, बुधबार
August 19, 2026, Wednesday

भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठद्वारा पोखरा भ्रमण

भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठद्वारा पोखरा भ्रमण

पोखरा – नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठले बुधबार पोखरा भ्रमण गरेका छन्। श्रीमती कोमलसहित पोखरा पुगेका उनले विभिन्न कार्यक्रम तथा भारतीय भूतपूर्व सैनिकसँग भेटघाट गरेका छन्।

जनरल सेठ बिहान ९ः३२ बजे नेपाली र भारतीय सेनाका १६ जनाको टोलीसहित पोखरा विमानस्थलमा ओर्लिएका थिए। विमानस्थलबाट उनी सिधै रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय पुगेका थिए।

पेन्सन कार्यालयमा उनले भारतीय भूतपूर्व सैनिकसँग भेटघाट गर्नुका साथै नेपाल–भारत मैत्री विद्यालयका विद्यार्थीसँग समेत भेट गरेका थिए। पेन्सन कार्यालयमा करिब २५ मिनेट कार्यक्रमपछि उनले पोखराका अन्य गतिविधिमा सहभागिता जनाएका थिए।

पोखरामा करिब दुई घण्टा बिताएपछि जनरल सेठ बिहान ११ः४५ बजे नेपाली सेनाको जहाजमार्फत काठमाडौं फर्किएका छन्। उनी बुधबार नै भारत फर्किने कार्यक्रम रहेको छ।

जनरल सेठ गत साउन ३१ गते नेपाल आएका हुन्। नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

उनले मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत रक्षा सहकार्य तथा दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

जनरल धिरज सेठले सन् २०२६ जुन ३० देखि भारतीय स्थल सेनाको ३१औँ प्रमुखका रूपमा कार्यभार सम्हालेका हुन्।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८३ भाद्र ३

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP