२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता

रंगुन खोलामा बगेर डडेल्धुराकी महिला बेपत्ता

डडेल्धुरा – परशुराम नगरपालिका–१२ जोगबुडाकी एक महिला रंगुन खोलामा बगेर बेपत्ता भएकी छन्।

प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे भैँसी चराउने क्रममा भैँसीको पाडो खोलामा बगेपछि त्यसलाई बचाउन जाने क्रममा परशुराम नगरपालिका–१२ लालढुंगा बस्ने अन्दाजी ४६ वर्षीया डम्बरी नाथ बेपत्ता भएकी हुन्।

प्रत्यक्षदर्शीका अनुसार नाथ पाडोलाई खोलाबाट तार्ने क्रममा बगेकी थिइन्।

बेपत्ता नाथको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोजी तथा उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी समेत परिचालित भएका छन्।

घटनाबारे प्रहरीले थप विवरण संकलन गर्दै खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८३ भाद्र ३

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP