२०८३ असार ८, सोमबार
June 22, 2026, Monday

समाचार प्रभाव : सायल गाउँपालिकाले राहत फिर्ता मागेका एकल महिलालाई काँग्रेस नेताको सहयोग


डोटी : सायल गाउँपालिकाले राहत फिर्ता मागेका एकल महिलालाई काँग्रेस नेताले सहयोग गरेका छन् । नेपाली काँग्रेस डोटीका युवा नेता ललित बलायरले राहत फिर्ता गरिएका दुइ जना एकल महिलालाई खाद्यान्न खरिदका लागि प्रति व्यक्ति दुईहजार रुपैयाँ पठाएका छन् ।

राहत फिर्ता गरिएको बिषय शिखर समाचार लगायतका मिडियाहरुमा प्रकासन भएपछि उनिहरुलाई सहयोग गरेको नेता बलायरले बताए । उनले शिखर समाचार संगको कुराकानीमा भने,‘गाउँपालिकाले त्यसरी दिएको राहत फिर्ता गर्नु नहुने हो । यो बिषयले साह्रै पिडा महशुस भएको छ । अहिलेलाई पिडित एकल महिलाका लागि खाद्यान्न खरिद गर्न प्रति व्यक्ति दुई–दुई हजारका दरले पठाएको छु । आवस्यक परे अन्य निकाय संग पनि सहकार्य गरेर सहयोग गर्ने छौं ।’

गाउँपालिकाले वडा नं. २ ओखट्टेकी ३० वर्षिया कृष्णादेवी ओझा र हरिनादेवी ओझाबाट राहत फिर्ता लिएको थियो ।

यो पनि पढ्नुस्

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०७७ बैशाख २३

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP