२०८३ बैशाख १७, बिहीबार
April 30, 2026, Thursday

बोगटान बलात्कार काण्ड : पीडक र पीडितलाई प्रहरीले पुनः जिल्ला बोलायो

डोटी – बोगटानमा भएको बलात्कारको घटनाका विषयमा थप अनुसन्धान पीडित र पीडकलाई पुनः जिल्ला बोलाइएको छ । बलात्कारको घटना दिपायलकाे एक होटलमा मिलाएर गाउँ फर्किएका पीडित र पीडकलाई जिल्ला प्रहरी कार्यालयमा हाँजिर हुन भनिएको हो।

घटना मिलाएर गाउँ फर्किए पछि पीडितले न्याय नपाएको र डर धम्की पछि जाहेरी दिन नसकेको गुनासो गरे पछि शिखर समाचारले घटना बाहिर ल्याएको थियो । शिखर समाचारले निरन्तर घटनाका विषयमा फ्लोअप गर्न थालेपछि घटान पुनः बल्झेको छ ।

प्रहरीमा जाहेरी दिन नमानेर , बाहिरै घटना मिलाउने भन्दै गएका पीडितले मिडियामा घटना भएको जिकिर गरेपछि थप छानबिनका लागि आज भोलि सम्म जिल्ला प्रहरी कार्यालयमा हाँजिर हुन भनिएको प्रहरी प्रमुख दान मल्लले बताए । घटना भएको भए दोषीलाई उन्मुक्ति नदिने उनले बताए ।

पीडित महिलाले नागरिकता बनाएर घर फर्किने बेला पुस २० गते मोटरसाइकलमा लागेर गाउँकै एक शिक्षकले जंगलमा बलात्कार गरेको आरोप लगाएकी थिइन्। घटना लुकाउन होटलमा बार्गेनिङ भएको स्रोतको दाबी छ।

पीडित महिलाका श्रीमानले मार्ने धम्की दिएपछि जाहेरी नदिएको बताउँदै आएका छन् ।

Related News

डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
डोटी जेसीजले आयोजना गरेको दन्त शिविरमा ९१ जनाले लिए सेवा 
  • २०७८ माघ १०

  दिपायल – डोटी जेसीजले दिपायलमा एक दिन निःशुल्क दन्त...

TOP