दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको छ । प्रयोगकर्ताको स्वाथ्य, सहजता र ग्यासको अभाव र बढ्दो बजारमूल्यलाई मध्यनजर गर्दै दाउराबाट खाना पकाउन मिल्ने वायुपंखी चुलो वितरण गर्न लागिएको हो ।
कम धुवाँ, कम समय, कम दाउरा भन्ने मुल नाराका साथ लाइभलिहुड फन्ड्सको आर्थिक सहयोग प्र्याक्टिकल एक्शन र सामाजिक रुपान्तरण तथा मानवीयता संघ ( आस्था ) नेपालको साझेदारीमा सञ्चालित उन्नत चुलो बजारीकरण परियोजना अन्तर्गत वायुपंखी चुलो वितरण गरिन लागिएको हो ।
परियोजनाले सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा समुदायमा चुलो सम्बन्धी अभिमुखीकरण तथा प्रदर्शनी गर्दै आएको छ । यसै क्रममा केआईसिंह गाउँपालिका – ५ रानागाउँमा पनि चुलो सम्बन्धी अभिमुखीकरण तथा चुलो प्रदर्शनी गरिएको छ।
छ हजार तीन सय मूल्य पर्ने उक्त चुलोमा परियोजनाले तीन हजार सात सय रुपैयाँ सहुलियत अनुदान प्रदान गर्दै आइरहेको छ । उपभोक्ताले चुलो खरिदका लागि दुई हजार छ सय रुपैयाँ मात्रै तिर्नु पर्ने आस्था नेपालका कलस्टर फिल्ड अधिकृत योगेन्द्र कठायतले बताए । चुलोको ब्याट्रि र चार्जरमा १ वर्षको र चुलो, पंखामा ५ वर्षको वारेन्टी रहेको उनले बताए । परियोजनाले हालसम्म रानागाउँमा ७३ थान चुलोहरु वितरण गरेको छ ।
वितरण गरिएको चुलोको प्रयोगले प्रयोगकर्ताको स्वाथ्यमा कम असर गर्ने, कम समय र कम दाउरा लाग्ने, बन जंगलको दोहन रोक्न मद्दत गर्ने, वातावरण प्रदुषण हुनबाट रोक्ने लगायत एलपी ग्यासको अभाव र बढ्दो बजारमूल्यलाई नियन्त्रण गर्ने परिवारजनको लक्ष रहेको छ ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...