२०८१ बैशाख २४, सोमबार
May 6, 2024, Monday
आरोपकी अपराध

शिक्षकले बलात्कार गरेको भन्दै उजुरी गर्न आएकी पीडितलाई होटलबाटै फर्काइयो

डोटी– शिक्षकले बलात्कार गरेको भन्दै बोगटान फुड्सिल गाउँपालिकाकी एक महिला र उनका श्रीमानले स्थानीय प्रहरी चौकीमा निवेदन दिए । निवेदन पछि प्रहरीले आरोपित शिक्षक र पीडितलाई जिल्ला प्रहरी कार्यालय पठायो ।

बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरकी पीडित महिला र उनका श्रीमान दिपायल स्थित एक होटलमा बसे । बलात्कारको आरोप लागेका शिक्षकलाई प्रहरीले हिरासतमा राख्यो । पीडित महिला जाहेरी दिन प्रहरी कार्यालय नगए पछि प्रहरीले सहजै उनलाई हिरासतमा लिएको दोस्रो दिन छाडिदियो ।
जिल्ला प्रहरी कार्यालय नपुग्दै होटलमा केही व्यक्तिहरु बसेर बलात्कारको घटना मिलाएको र महिलालाई पुनः गाउँ फार्काएको स्रातले जनाएको छ ।

यस्तो छ पीडित महिलाको आरोप

गत पुस १९ गते पीडित महिला र उनका श्रीमान नागरिकता बनाउँन जिल्ला सदरमुकाम सिलगढी पुगेका थिए । महिला २० गते नागरिकता बनाएर घर फर्किइन् भने उनका श्रीमान सदमुकाममै बसे ।

३ तीन वर्षीय छोरा सहित बोगटान फुड्सिल गाउँपालिकाको गाडीमा उनी साँझ गाउँपालिकाको केन्द्र सम्म पुगिन् । त्यहाँबाट घर पुग्न गाडीमा डेढ घण्टा लाग्थ्यो । छेडखानबाट गाउँका शिक्षक भेटिएपछि आफु उनको मोटरसाइकलमा बसेर काँटे भन्ने ठाउँसम्म गएको महिलाले बताइन् ।

पीडित महिलाका अनुसार गाउँपुग्नु अघि शिक्षकले मोटरसाइकल रोकेर आफु पछि आउँछु तपाईँ जानुस् भनेर भने । नावालक छोरा काखी च्यापेर महिला हिँडिरे बाटो लागिन् । बाटोमा हिँडेदै गर्दा रातीको समयमा शिक्षकले पछाडीबाट छोपेर आफुलाई जवरजस्ती करणी गरेको महिलाको आरोप छ । वच्चा कराउँदै थियो, बच्चा सम्हाल्नेकी आफुलाई बचाउने निकै कठिन भएको उनले बताइन् । त्यसो नगर्नका लागि विन्ती गरे , भाग्ने प्रयास गरे उनले शिखर समाचारसँगको फोन सम्पर्कमा भनिन्,‘अन्ततः बलात्कृत भए ।’

आरोपित शिक्षकले शिखर समाचारसँगको कुराकानीमा मोटरसाइकलमा राखेर ती महिलालाई गाउँ नजिकैबाटोमा सम्म छोडेको स्वीकार गरेका छन् । उनले पुरानो रिसका कारण आरोप मात्रै लगाएको तर आफुले बलात्कार नगरेको बताए ।

महिलाले घटानाका विषयमा श्रीमानलाई फोनबाट जानकारी गराएकी थिइन् । घटनाका विषयमा जानकारी पाएपछि उनका श्रीमान २३ गते गाउँ फर्किए । त्यो बीचमा घटना गाउँमै मिलाउँन दबाब आयो । केही ब्यक्तिहरुले घटना मिलाउनु पर्ने भन्दै उनका श्रीमान र उनलाई कुटपिट समेत गरेको पीडितको गुनासो छ ।

आरोपित शिक्षक दुई दिन प्रहरी हिरासतमा

बलात्कारको आरोप लागेका शिक्षकलाई दुई दिन प्रहरी हिरासतमा राखिएको थियो । पीडित महिला र उनका श्रीमानले २७ गते प्रहरी चौकीमा आएर निवेदन दिएपछि आरोपी व्यक्तीलाई पक्राउ ग¥यो । बलात्कार जस्तो जघन्य अपराधको घटना भएकाले तीनै जनालाई सोही दिन पीडिले पेश गरेको निवेदन सहित जिल्ला प्रहरी कार्यालय पठाइएको चवरा चौतारा प्रहरी चौकीका इन्चार्ज ईश्वरी बमले बताए ।

आरोपित शिक्षकलाई जिल्ला प्रहरी कार्यालयमा दुई दिन राखेर सोधपुछ भयो । सोधपुछ पछि पीडित महिला जाहेरी दिन नआए पछि छोडिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कान्तीराज जोशीले बताए । ‘पीडित पक्षलाई जाहेरी दर्ता गर्नका लागि पटक–पटक फोन सम्पर्क गरेउँ तर उहाँहरु आउनु भएन त्यस पछि छोड्नु प¥यो,‘उनले भने ।’

आरोपी शिक्षकले प्रहरीसँगको बयानमा बलात्कार नगरेको तर सम्बन्ध पहिला देखि नै रहेको बताएका थिए ।

पीडित तम्पति यसरी मुद्दा नै दर्ता नगरेर दिपायलको होटलबाट सिधै घर फर्केका थिए । पीडित पक्षलाई होटलमा राखेर केही पैंसा दिने सर्तमा मुद्दा रोकेको स्रोतको दावी छ ।

ज्यान मार्ने धम्की पछि मुद्दानै नदिएर फर्कियौं – पीडित

पीडित महिलाका श्रीमानले आफुहरुलाई ज्यान मार्ने धम्की दिएपछि मुद्दा नै दर्ता नगरि फर्किएको बताए । उनले आफुसँग सहयोग गर्ने मान्छे कोही नभएको र मुद्दा लड्नका लागि पैंसा पनि नभएको बताए ।

जिल्लामा मुद्दा गर्न आउँदा अरुसँग २० हजार ऋण निकालेर आएको उनले बताए । दिपायलमा बसेउ पैसा पनि सकियो, सहयोग गर्ने मान्छे पनि भएन,‘उनले भने,‘घरमा दुई छोरीहरु छोडर आएका थियौं ।, छोरीलाई, तलाई मारिदिन्छु भनेर धम्की दिए । बच्चा र परिवार गुमाउनु भन्दा बरु अन्याय नै सहुँला भनेर फर्किएका हौं ।’

‘आवेगमा आएर, रिसको भरमा आरोप लगाउनु भएको त होइन ? भन्ने शिखर समाचारको प्रश्नमा पीडित महिलाले भनिन्,‘आफ्नै बेजत हुने गरेर किन आरोप लगाउँथ्ये, घटना भएकै हो तर मेरो श्रीमान र बच्चालाई मार्ने धम्की दिएपछि मुद्दा गर्न सकेनौ । श्रीमान मर्नु भन्ना यसै ठिक छ ।’

घटनाका दोषि शिक्षकलाई पार्टीको संरक्षण रहेको पीडतको आरोप छ । शिखर समाचारसँगको कुराकानीमा उच्चपदस्त नेता र पार्टीको नामै लिएर घटना ढाकछोप गर्न खोजेको उनाले बताए ।
घटनामा जोडिएका पात्रहरुसँगको कुराकानीका अंश शिखर समाचारसँग सुरक्षित छन् ।

Related News

इडिभी २०२५ को नतिजा सार्वजनिक,  यसरी सकिन्छ हेर्न (भिडियो सहित)
इडिभी २०२५ को नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न (भिडियो सहित)
  • २०७८ माघ ४

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्वजनिक गरिएको छ...

TOP