२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

शिक्षकले मोटरसाइकलमा लगेर जङ्गलमा बलात्कार गरेकै हुन् :– पीडित (अडियो सहित)

डोटी- बोगटानमा भएको बलात्कार काण्ड सत्य रहेको पीडित महिलाले बताएकी छिन् । शिखर समाचारसँगको कुराकानीमा उनले गाउँका शिक्षकको नामै तोकेर आफु माथि बलात्कार गरेको बताएकी हुन् ।

पुस महिनाको २० गते जिल्ला सदरमुकाम सिलगढीबाट बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौर स्थित आफ्नो घर जाने क्रममा राती ७ बजे जङ्गलमा बलात्कार गरेको उनले बताइन् । बीच बाटोबाट मोटरसाइकलमा घर पु–याई दिन्छु भनि लगेका गाउँकै शिक्षकले जङ्गलमा हिंडिरहेको मौका छोपी पछाडीबाट च्यापेर बलात्कार गरेको उनको आरोप छ ।

मोटरसाइकलबाट गाउँ पुग्नु भन्दा पहिलै झारेर आफुलाई हिंडेर जान भनेको र जङ्गल आउने बित्तिकै अध्याँरो समयमा पछाडीबाट छोपेर जवरजस्ती करणी गरेको उनले बताएकी छिन् ।

उनले स्थानीय प्रहरी चौकीमा उजुरी गरेपछि आरोपित शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पठाईएको थियो । प्रहरीले आरोपित शिक्षकलाई दुई दिन हिरासतमा राखेर छाडेको थियो । घटना बाहिरै मिलाउन प्रहरीले नै सल्लाह दिएको स्रोतको दावी छ । प्रहरीले पनि घटनालाई हल्का रुपमा लिएको पाइन्छ ।

मार्ने धम्की पछि जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न जान नसकेको पीडित महिला र उनका श्रीमानले बताएका थिए । उजुरी गर्न भनि जिल्ला सदरमुकाम आएका पीडित महिला र उनका श्रीमान दिपायल बसपार्क स्थित एक होटलबाट उजुरी नदिएरै फर्किएका थिए ।

समाचार स्रोतका अनुसार घटना मिलाउन होटलमा साढे पाँच लाख सम्मको बार्गेनिङ्ग भएको थियो । पैंसा पछि दिने गरेर कागज गरिएको स्रोतको दाबी छ ।

घटना मिलाउँन आरोपित शिक्षकका भिनाजुको हात रहेको र उनले नै यताउता फोन गरेर घटना ढाकछोप गरेको पीडित महिलाले बताएकी छिन् । पीडित महिलाले उजुरी नदिएर घर फर्किसके पछि शिखर समाचारसँग कुरा गर्दै घटनाबारे जानकारी गराएकी हुन् ।

शिखर समाचारले घटनाका विषयमा निरन्तर फ्लोअप गर्न थालेपछि घटना लुकाउन झनै चलखेल बढेको छ । पीडित र उनका श्रीमानलाई बढी घेराबन्दी गरिएको छ । पछिललो समय पीडितलाई मिडियामा बोल्न समेत बन्देज लगाइएको छ । घटना लुकाउन स्थानीय नेताहरु देखि उच्चपदस्त नेताहरुको भुमिका रहेको स्रोतको दाबी छ ।

प्रहरीले घटनालाई अझै पनि गम्भिरताका साथ हेरेको पाइदैन । राजनीतिक उच्च दबाबले पनि घटना ढाकछोपको चलखेल बढेको स्थानीहरु बताउँछन् । समाजमा घट्ने र आरोप लाग्ने यस्ता घटनाहरु कानुनी रुपमै अदालतबाट छिनोफानो हुनुपर्ने नागरिक समाजका अगुवाहरु बताउँछन् ।नत्र यस्ता घटनाले अर्को घटना निम्त्याउने उनिहरुको भनाई छ ।

यो सुन्नुहोस् अडियो

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७८ माघ ७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP