
डोटी- डोटीमा एक महिला मृत फेला परेकी छन् । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी ४२ वर्षीय धौली बोहरा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घर जजिकैको भीर भन्दा ३० फिट तल मृतकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए । शव बिहिबार दिउँसो भेटिए पनि भौगोलीक दुरीका कारण शुक्रबार साँझ मात्रै जिल्ला अस्पताल पु¥याइएको उनले बताए । शनिबार पोष्टमार्टमपश्चात शव दाहसंस्कारका लागि लगिसकेको छ ।
घटनास्थलमा भीरबाट लडेको अवस्थामा शव भेटिए पनि मृत्युको कारण प्रहरीको अनुसन्धान र पोष्टमार्टम रिपोर्ट पछि मात्रै खुल्ने प्रहरी निरीक्षक चन्दले शिखर समाचारलाई बताए ।
मृतक एकल महिला हुन् । उनका एक छोरा र एक छोरी छन् । छोरा रोजगारीका लागि भारतमा
छन् ।
दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...