२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

धनगढीबाट डोटी आउँदै गरेको ईभी हाइस बुडरमा दुर्घटना, ६ जना घाइते 

दिपायल – डोटीमा १६ जना यात्रु बोकेको ईभी हाइस दुर्घटना भएको छ । धनगढीबाट डोटी तर्फ आउँदै गरेको सुपप्र ०२००१ ख १५१० नम्बरको ईभी हाइस जिल्लाको जोरायल गाउँपालिका – २ बुडर बजार नजिक दुर्घटना भएको हो ।

बुधबार बिहान ७:४० बजे भएको उक्त दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा कैलालीको गोदावरी नगरपालिका – १ की २५ वर्षीया निर्मला जोशी, सोही ठाउँकी १४ वर्षीया सपना भण्डारी र ६० वर्षीय जय बहादुर ताम्राकार रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा गोदावरी नगरपालिका – ११ की १६ वर्षीया शान्ति अवस्थित, सोही ठाउँका ४४ वर्षीय खेमराज भट्टराई र गोदावरी नगरपालिकाकै वडा नम्बर १० की प्रियंका भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइएको छ । हाइस सडकको दाहिने वालमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

हाइस चालक गोदावरी नगरपालिका – ८ स्याउलेका अन्दाजी ३४ वर्षीय गणेश बहादुर बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ बैशाख २३

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP