२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday
एकल महिला मृत्यु प्रकरण :

हत्यामा संलग्न र पार्टी माथि लाञ्छना लगाउने व्यक्तिलाई कारबाही गर्न कांग्रेसको माग

डोटी- नेपाली कांग्रेस डोटीले पूर्वीचौकीकी एकल महिलाको हत्यामा संलग्न व्यक्तिको बारेमा गहिरो छानविन र पहिचान गरि कडा कारबाही गर्न माग गरेको छ ।

कांग्रेसले सोमबार प्रेश विज्ञप्ति जारी गर्दै मृतकका सम्बन्धमा घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको हो । घटनाका सम्बन्धमा वास्तविक पत्तालगाइ दोषी उपर कडा कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा घटनाको विषयलाई लिएर घटनालाई राजनीतिक रंग दिदै कांग्रेसको छविमा आँच आउने गरि समाजिक सञ्जालमा लेख्ने व्यक्तिलाई पनि कारबमही गर्न माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ,‘ नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति, पूर्वीचौकी–३ का वडा सभापति एवं वडा अध्यक्षलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा अनर्गन प्रचार हुने गरि स्टाटस राखेरको प्रति गम्भिर ध्यानाकर्षण भएको छ । पार्टीमा सम्बन्द्ध विभिन्न तहका नेताहरुको सार्वजनिक छविमा आँच पु¥याउने कार्यमा संलग्न व्यक्तिलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’

कार्यबाहाक सभापति सुशिल घर्तीद्वारा जारी विज्ञप्तिमा नेपाली कांग्रेस सदैव मानव अधिकार, विधिको शासन, कानुनी राज्य तथा न्यायको पक्षमा प्रतिबद्ध रहेको उल्लेख छ ।

पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी ४२ वर्षीय धौली बोहरा मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार गत बिहिबार घर नजिकैको भिरमुनी उनको शव भेटिएको थियो ।

घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका लागि सोही गाउँका ५१ वर्षीय बाले बोहरालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार घटनाका विषयमा समाचार प्रकाशन भएपछि केही व्यक्तिहरु सामाजिक सञ्जालमा गालिगलौचमा उत्रिएका छन् । यसै क्रममा नेपाली सेनामा कार्यरत एक जना व्यक्तिले कांग्रेस र कांग्रेसका नेताहरुलाई लाञ्छना लागउँदै फेसबुकमा तथानाम लेखेका छन् ।

सामाजिक सञ्जालमा चरित्र हत्या हुने गरि स्टाटस लेख्ने व्यक्ति बिरुद्ध कानुनी कारबाहीका लागि मुद्दा अगाडी बढाईने पूर्व सभापति रामप्रशास उपाध्यायले बताए । पार्टीको गरिमा माथि नै आँचआउने खालको अवफाह फैलाएको भन्दै साइवर व्यूरो तथा जिल्लामा मुद्दा दर्ता गराउने उनले बताए ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ कार्तिक ८

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP