२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

स्वाथ्यकर्मी बलायर सम्मानित 

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई सम्मान गरिएको छ । नवदिप बोर्डिङ स्कुलले विश्व नर्सिङ्ग दिवसको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरेर उनलाई सम्मान गरेको हो ।

जिल्लाको केआईसिंह गाउँपालिका – ६ सलेना अवस्थित स्वाथ्य चौकीमा १६ वर्षदेखि कार्यरत रही स्वाथ्य सेवा दिएको भन्दै सम्मान गरेको हो । लामो समय देखि स्वाथ्य क्षेत्रमा सक्रिय रही ग्रामिण भेगका बिरामी, गर्ववती महिला तथा बालबालिकाको स्वाथ्य उपचारमा टेवा पु-याए वाफत उनलाई सम्मान गरिएको नवदिप बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्र बलायरले बताए ।

एएनएम भण्डारी उक्त स्वाथ्य संस्थामा २०६७ साल देखि कार्यरत छन् । लामो समयदेखि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिँदै आएकी उनी स्थानीयवासीका लागि भरोसायोग्य स्वास्थ्यकर्मीका रूपमा परिचित छिन्। सामान्य उपचारदेखि सुत्केरी सेवा, खोप अभियान तथा आकस्मिक अवस्थासम्ममा उनी निरन्तर सेवामा खटिने गरेको स्थानीयहरू बताउँछन् ।

विशेष महत्व बोकेको उक्त स्वास्थ्य चौकी डोटी जिल्लामै सबैभन्दा पहिले बर्थिङ सेन्टर स्थापना भएको स्वास्थ्य संस्था समेत मानिन्छ। ग्रामीण महिलालाई सुरक्षित प्रसूति सेवामा पहुँच पुर्‍याउन उक्त बर्थिङ सेन्टरले महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ।

सम्मान ग्रहण गर्दै बलायरले स्थानीयको विश्वास र माया नै आफ्नो काम गर्ने प्रेरणा भएको बताइन्। उनले आगामी दिनमा पनि अझ जिम्मेवार भएर स्वास्थ्य सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरिन्।

विश्व नर्सिङ दिवसको अवसरमा गरिएको उक्त सम्मान कार्यक्रमले ग्रामीण क्षेत्रमा सेवा दिइरहेका स्वास्थ्यकर्मीहरूको मनोबल बढाएको सहभागी स्वास्थ्यकर्मीहरुले बताए ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ बैशाख ३०

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP