२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

एकल महिला मृत्यु प्रकरण: घटना शङ्कास्पद, एक जना पक्राउ

डोटी – डोटीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी ४२ वर्षीय धौली बोहरा मृत भेटिएकी हुन् । प्रहरीका अनुसार गत बिहिबार घर नजिकैको भिरमुनी उनको शव भेटिएको थियो ।

घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ । मृतककै गाउँका एक जना पुरुषलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

प्रहरीको थप अनुसन्धान र अस्पतालको पोष्टमार्टम रिपोर्ट पछि मात्रै घटनाका विषयमा थप भन्न सकिने उनले बताए ।

मृतक एकल महिला हुन् । उनका एक छोरा र एक छोरी छन् । छोरा रोजगारीका लागि भारतमा छन् ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७८ कार्तिक ७

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP