२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 

 

दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी माझी निर्विचित भएका छन् । प्रालिको छैंटौं अधिवेशनबाट माझीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

प्रालिको सदस्यहरू मान धामी, राजेन्द्र शाह, लोक बहादुर खड्का, श्याम खड्का, कृष्ण ओली, मिन भण्डारी, खेम पातली, केशव विष्ट, चक्र कार्की र हिक्मत बहादुर खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार बसेको समितिको पहिलो बैठकले निर्वाचित सदस्यहरूमध्य मानबहादुर धामीलाई उपाध्यक्ष, लोक बहादुर खड्कालाई महासचिव तथा राजेन्द्र शाहलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । अधिवेशनबाट निर्वाचित सदस्यहरु मध्यबाट प्रालिको बैठकले आन्तरिक सहमतिका आधारमा पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको निवर्तमान अध्यक्ष गणेश मलासीले बताए ।

२०६४ सालमा डोटीमा स्थापना भएको यो प्रालिले जिल्लाका ग्रामीण सडक तथा राष्ट्रिय राजमार्गमा यातायात सेवा प्रदान गर्दै आएको छ।

संस्थागत विकाससँगै गुणस्तरीय र सुरक्षित यातायात सेवा प्रदान गर्न विशेष जोड दिने नवनिर्वाचित अध्यक्ष माझीले बताए । उनले यात्रुको सुरक्षा र गुणस्तरीय यातायात सेवामा विशेष ध्यान दिँदै आगामी दिनमा प्रालिको सेवा थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ जेष्ठ १६

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP