२०७८ असार ८, मंगलवार
June 22, 2021, Tuesday

सौगातको डान्सिङ आइटम ‘ तिर्खा मेट्यो…!’ सार्वजनिक (भिडियो)

बुटवल । पप तथा आधुनिक गायक सौगात सायरको नयाँ गीत ‘तिर्खा मेट्यो’ सार्वजनिक भएको छ । डान्सिङ्ग भर्जनको उक्त गीतमा गायक सौगातको स्वर, लय र संगीत रहेको छ । प्राय भावुक गीत गाउने गायक सायरको यो भने झुमेर नाच्ने डान्सिङ गीत रहेको उनले बताए ।

हालै अफिसियल यूट्यूबमार्फत सार्वजनिक भएको उक्त गीतबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको उनले बताए । रोमान्टिक गीतको म्यूजिक भिडियोमा अभिषेक आले मगर र स्नेहा थापाको मूख्य अभिनय रहेको छ । नजलाउ व्यर्थै छाती…, तिमी फुल्यौं कतै, म फुुले कतैं …’ , इतिहासको कुनै एक पानामा …, प्रियसी…लगाएत चर्चित तथा सफल गीत गायका गायक सौगात सायर युवा पुस्ताका चर्चित गायक हुन् । पछिल्लो समयमा विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त उनको नयाँ गीतले पनि धेरै मन जित्ने विश्वास व्यक्त गरे ।

प्रदेश ५ को बुटवलमा रहेर निरन्तर सांगितिक यात्रालाई अघि बढाएका सौगात गायनसँगै लय र संगीतमा पनि दख्खल राख्दछन् । भिडियोमा सौगातको ‘ तिर्खा मेट्यो …

Related News

केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालन (भिडियो सहित)
केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालन (भिडियो सहित)
  • २०७६ फाल्गुन २९

केआईसिंह सरकारले भन्यो,‘घोषणा पत्र अनुसार काम भैरहेको छ ।’ डोटी- केआईसिंह गाउँपालिकामा पहिलो पटक यात्रु बस सञ्चालनमा आएको छ ।...

डोटीमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न : एलवाइसि विजयी (भिडियो सहित)
डोटीमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न : एलवाइसि विजयी (भिडियो सहित)
  • २०७६ फाल्गुन २९

डोटी- डोटीमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुष २६ गते सुरु भएको उक्त प्रतियोगिता बिहीबार सम्पन्न...

सरकारको असंवैधानिक कदम विरुद्ध खेलाडीको बल प्रहार होस् : पूर्वमन्त्री बलायर
सरकारको असंवैधानिक कदम विरुद्ध खेलाडीको बल प्रहार होस् : पूर्वमन्त्री बलायर
  • २०७६ फाल्गुन २९

डोटी– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायरले कम्युनिष्ट नेतृत्वको सरकार विरुद्ध सबै क्षेत्र, सबै व्यक्ति र जनताले प्रहार...

TOP