२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी कैलालीबाट पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी कैलालीबाट पक्राउ

धनगढी – सवारी ज्यान मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयन गर्ने क्रममा धनगढी उपमहानगरपालिका–७ पटेला निवासी ३५ वर्षीय पञ्चराम चौधरी पक्राउ परेका हुन्।

जिल्ला अदालत कैलालीको फैसलाअनुसार चौधरीलाई सवारी ज्यान मुद्दामा २० दिन कैद र रु. २०० जरिवाना सजाय तोकिएको थियो।

प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका चौधरीलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०८३ श्रावण १२

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP