
दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ।
काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।
भारत सरकारको करिब ७ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण गरिनेछ। परियोजनाको कार्यान्वयन शैल्यशिखर नगरपालिकामार्फत हुने जनाइएको छ।
यो परियोजना दार्चुला जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भइरहेको ११ औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो।
शिलान्यास कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुखसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ हुने विश्वास व्यक्त गरे।
उनीहरूले आधुनिक भवन निर्माणले विद्यार्थी र शिक्षकका लागि सुरक्षित तथा गुणस्तरीय सिकाइ वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...