२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

तिजको अवसरमा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

दिपायल- हरितालिका तिजको अवसर पारेर महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुजङ्ग अस्पताल राजपुरले महिलाहरुलाई लक्षित गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

स्वास्थ्य शिविरको बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का, शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायर र सेवाग्राही महिलाको स्वास्थ्य परीक्षण गरेर शिविरको उद्घाटन गरिएको हो ।

शिविरमा महिलारोग सम्बन्धी स्वास्थ्य परीक्षण, रगत जाँच, पिसाप जाँच, भिडियो एक्सरे, उपचार र औषधि वितरण निःशुल्क गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए । सुजङ्ग अस्पतालमा कार्यरत वरिष्ठ सर्जन डक्टर सुवाष थापा मगर, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डक्टर सुरेन्द्र कुमार चौधरी र एमविविएस डक्टर राजमणी यादव लगायतको टिमले स्वास्थ्य सेवा दिने उनले बताए ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख खड्काले डाक्टरहरुलाई मान जीवन बचाउने भगवानको संज्ञा दिए । उनले शिविरमा स्वास्थ्य परीक्षण गरिएका महिलाहरुको शल्यक्रिया गर्नु पर्ने अवस्था भएमा स्थानीय सरकार र केएमसी हस्पिटलको साझेदारीमा निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइने बताए ।

शिखर नगदरपालिकाका नगर प्रमुख बलायरले अस्पतालले समय–समयमा शिविरको आयोजना गरेर स्वास्थ्य सेवा दिदै आएको प्रति धन्यवाद ज्ञापन गरे । पछिल्लो समय अस्पतलले विशेषज्ञ सहितको स्वास्थ्य सेवा दिन थाले पछि यहाँका जनताहरुले सहजरुपमा स्वास्थ्य सेवा प्राप्त गरेको उनले बताए ।

सुजङ्ग अस्पतालले तिजको अवसर पारेर गत वर्ष पनि शिविर सञ्चालन गरेको थियो ।

 

Related News

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
  • २०८१ भाद्र १९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...

TOP