२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कञ्चनपुरमा जुवा खेल्दै गरेका १६ जना पक्राउ, नगद र मोबाइल बरामद

कञ्चनपुरमा जुवा खेल्दै गरेका १६ जना पक्राउ, नगद र मोबाइल बरामद

धनगढी – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका–२ स्याउले निवासी ४४ वर्षीय टेकबहादुर साउँदको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट वाणीबाट खटिएको प्रहरी टोलीले सोमबार राति छापा मारेको थियो।

छापामार कारबाहीका क्रममा घरधनी टेकबहादुर साउँदसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट भारतीय रुपैयाँ २७ हजार ५००, नेपाली रुपैयाँ ३२ हजार ७८० तथा ११ थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिमाथि जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी (जनसम्पर्क तथा मिडिया समन्वय शाखा) ले जनाएको छ।

स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०८३ श्रावण १२

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP