२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

गजल : फणेन्द्र साउँद

कत्ति भरोसा छैन शहर बजार माथि ।
धेरै शंका छ तिनका ब्यवहार माथी ।।

भ्रष्ट कुबिचारीलाई महत्व दिएर
लगायौ प्रतिबन्ध सुबिचार माथी ।।

भ्रष्टाचारमा यसरी डुबेको छ कि ?
अब बिश्वास छैन अख्तियार माथी ।

आसा, निराशा बनाए मौसुफहरुले,
अपेक्षा धेरै थियो बालुवाटार माथी ।

पहिला देश लुटेर खाने सिंह थियो,
अचेल स्यालहरू, सिंहदरबार माथि ।

सुनलाई माया गर्नेहरू एकचोटी सुन
किन गर्छौ सधै अपमान सुनार माथी ।

लुगा सिलाउदै गर्दा, सियोले भन्यो,
हमला हुनसक्छ, सुचिकार माथी ।।

Related News

Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
Ecological Transformation for the Holistic Development and Improving Livelihood of Chinese People
  • २०७७ बैशाख १२

Ms. Kusum KC The seminar on “Biodiversity Conservation for Belt...

TOP