२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन

धनगढी – सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१५ उर्मी निवासी २५ वर्षीय मनिराज रानालाई पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीको फैसलाअनुसार उनी लागूऔषध मुद्दामा सात महिना कैद सजाय पाएपछि फरार रहेका थिए।

त्यसैगरी, प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–८ तिलाचौड निवासी २३ वर्षीय राजेश दमाईलाई पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरको २०८२ साल पुस २५ गतेको फैसलाअनुसार उनी कुटपिट मुद्दामा २३ दिन कैद सजाय पाएपछि फरार रहेका थिए।

दुवैलाई सम्बन्धित अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ।

स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)

Related News

कैलालीमा खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु
कैलालीमा खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु
  • २०८३ श्रावण १०

कैलालीमा खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु धनगढी – कैलालीमा...

TOP