२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

सुदूरपश्चिममा भन्सार छलीका रु. ६.२६ लाखभन्दा बढीका अवैध सामान बरामद

सुदूरपश्चिममा भन्सार छलीका रु. ६.२६ लाखभन्दा बढीका अवैध सामान बरामद

धनगढी – सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका रु. ६ लाख २६ हजार ७०० बराबरका अवैध सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिक, वडा नं. ९ बङ्ग्राकटान, त्रिवेणीघाट तथा वडा नं. १२ कम्पनी टोल क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका रु. ५ लाख ७४ हजार ७०० बराबरका सामान नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा चिनी, बिडी, सुर्ती, कफी, मसला, प्लास्टिकका दुना–टपरी, प्लास्टिक झिल्ली तथा एउटा अटो (थान–१) लगायतका सामग्री रहेका छन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी ती सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलडाँडीसहितको टोलीले रु. ५२ हजार बराबरको अवैध माछा बेवारिसे अवस्थामा फेला पारेको थियो। आवश्यक प्रक्रिया पूरा गरी उक्त माछा नष्ट गरिएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सीमा क्षेत्रमा हुने भन्सार छली नियन्त्रण तथा अवैध सामान ओसारपसार रोक्न निगरानी र कारबाहीलाई निरन्तरता दिइएको छ।

स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८३ श्रावण १०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP