धनगढी – सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये एक जना १७ वर्षीय किशोरसमेत रहेका छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट २९ वर्षीय सबिन रावललाई पक्राउ गरेको हो। उनको साथबाट खैरो हेरोइनजस्तो देखिने २९० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने २ ग्राम ६७१ मिलिग्राम पदार्थ सहित एक १७ वर्षीय किशोर र २५ वर्षीय मायाराम चौधरीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ बरामद गरेको हो।
यस्तै, धनगढी–७ मोती चोकबाट कैलारी गाउँपालिका–४ निवासी २५ वर्षीय अर्जुन चौधरीलाई १९८ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उता कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदी क्षेत्रमा अस्थायी प्रहरी पोस्ट गैलनदीबाट खटिएको प्रहरी टोलीले २२ वर्षीय यस चन्दलाई १६ ग्राम ३४० मिलिग्राम चरेशजस्तो देखिने कालो पदार्थ सहित पक्राउ गरेको छ।
प्रहरीले उनको साथबाट उक्त लागूऔषधसहित म १ प ४२४४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...