२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

कैलालीमा खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

कैलालीमा खोलामा डुबेर १५ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय एक किशोरको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार जोशीपुर गाउँपालिका–२ घर भई हाल धनगढी उपमहानगरपालिका–७ मनेहरामा डेरा गरी बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरी शनिबार गोदावरी नगरपालिका–४ हाटखोलीस्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई तत्काल उद्धार गरी निसर्ग अस्पताल, धनगढीमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ।

स्रोत: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलाली (जनसम्पर्क तथा मिडिया समन्वय शाखा)

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०८३ श्रावण १०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP