२०८३ श्रावण २, शनिबार
July 18, 2026, Saturday

दशैं यता अरिंगालको टोकाइबाट डोटीमा तीन जनाको मृत्यु दर्जन बढी घाइते

डोटी- दशैं यता डोटी जिल्लामा अरिंगालको टोकाईबाट तीन जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । सोमबार आदर्श गाउपालिका वडा नम्बर १ बाँझककानीकी एक महिलाको मृत्यु भएसँगै मृतकको सँख्या तीन पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्ष प्रबक्ता इन्द्र मल्लका अनुसार आइतबार गोरु चराउन जंगल गएका बेला स्थानीय ७५ बर्षिय कटी लुहारलाई अरीङ्गालले टोकेको थियो । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

यस्तै यहि कात्तिक ११ गते मात्रै डोटीको सायल गाउँपालिका–१ छपाली रोकाया गाउँका वर्ष ५ र वर्ष ३ का गरी २ बालिकाको अरिङ्गालले टोकेरै ज्यान गएको थियो ।

कात्तिक १० केआईसिंह गाउँपालिका – ४ चन्केसैनमा अरिङ्गालको टोकाईबाट दर्जन बढी घाइते भएका थिए । घाइतेमध्य ६ जना सुजंग अस्पतालमा उपचार पछि निको भएका थिए भने अन्य सामान्य घाइते घरेलु उपचारपछि निको भएका थिए ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ कार्तिक १७

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP