डोटी– डोटीमा अरिङ्गालको टोकाइबाट दर्जन बढी घाइते भएकाछन् । जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. ४ चन्केसैनमा दशैं मेलाका लागि सहभागी ब्यक्तिहरुलाई अरिङ्गालले टोक्दा दर्जन बढी ब्यक्तिहरु घाइते भएका हुन् ।
घाइतेमध्य गम्भिर भएका ६ जनाको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिए । दशैंको दिन बलि चढाउन मेलामा सहभागी भएका धर्माबलम्बीहरुलाई अरिङ्गाले टोकेको हो ।
घाइते मध्य गाउँपालिकाको वडा नं. ४ का २१ वर्षीय तारा बिक, १९ वर्षिय नरेश खत्री, २० वर्षिय रमेश बिक, २५ वर्षिय टिका बिक, २५ वर्षीय हिक्मत विक, र वडा नं. ५ का २० वर्षिय नरेश कठायतको सुजङ्ग अस्पतालमा उपचार भैरहेको अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।
स्थानीयका अनुसार अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । मेला लागेका बेला अरिङ्गालको गोलामा कसैले ढुङ्गा प्रहार गरेपछि सहभागी सबैलाई टोकेको हो ।
उपचार पस्चात घाइतेहरुको अवस्था सामान्य हुँदै गएको अस्पतालका एम.बि.बि.एस., एम.डी. डक्टर पंकज प्रताप देवले जानकारी दिए । अरिङ्गालको टोकाइबाट घाइते भएकाहरु अचेत अवस्थामा अस्पताल पुगेका थिए ।
डोटी– सुदूरपश्चिमका पत्रकार मनमोहन स्वारले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि सहयोग गरेकाछन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, नेपाल...
डोटी- होटल व्यवसायी संघ डोटीले वनभोज कार्यक्रम आयोजना गरेको छ । होटल व्यवसायी संघको स्थापना दिवसको अवसर पारेर वनभोज कार्यक्रमको...
काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार साँझ टेलिफोन वार्ता...