२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

जन्मदिनको अवसरमा स्व. पत्रकार तेजुको स्मृतीमा स्थापित अक्षय कोषमा आर्थिक सहयोग

राम बहादुर रावल

डोटी- पत्रकारले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य मिन बम र नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य मुकुन्द भण्डारीले रकम जम्मा गरेका हुन् ।

जन्मदिनको अवसरमा केन्द्रीय सदस्य बमले अक्षय कोषमा ११ हजार एक सय एक रुपैंया र भण्डारीले १० हजार रुपैंया अक्षय कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ । युनियनले उनै स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका सचिव पवन महाराले जानकारी दिए । उनले जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने केन्द्रीय सदस्य द्वय बम र भण्डारीलाई जन्मदिनको शुभकामना दिनुका साथै धन्यबाद ज्ञापन गरेका छन् ।

स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए ।

अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरी वितरण गरिने प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

स्व. पत्रकार तेजु खड्काको स्मृतीमा अक्षय कोष स्थापना गरिने

प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष खड्काको निधन भएको पुष्टि

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ श्रावण २१

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP