२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

जन्मदिनको अवसरमा स्व. पत्रकार तेजुको स्मृतीमा स्थापित अक्षय कोषमा आर्थिक सहयोग

राम बहादुर रावल

डोटी- पत्रकारले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोषमा आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु)को स्मृतीमा स्थापना गरेको अक्षय कोषमा नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य मिन बम र नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य मुकुन्द भण्डारीले रकम जम्मा गरेका हुन् ।

जन्मदिनको अवसरमा केन्द्रीय सदस्य बमले अक्षय कोषमा ११ हजार एक सय एक रुपैंया र भण्डारीले १० हजार रुपैंया अक्षय कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

प्रेस युनियनले घटना संकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ । युनियनले उनै स्व. संस्थापक पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरु संग सहयोग आह्वान गरेको शाखाका सचिव पवन महाराले जानकारी दिए । उनले जन्मदिनको अवसरमा अक्षयकोषमा रकम जम्मा गर्ने केन्द्रीय सदस्य द्वय बम र भण्डारीलाई जन्मदिनको शुभकामना दिनुका साथै धन्यबाद ज्ञापन गरेका छन् ।

स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए ।

अक्षय कोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरी वितरण गरिने प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

स्व. पत्रकार तेजु खड्काको स्मृतीमा अक्षय कोष स्थापना गरिने

प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष खड्काको निधन भएको पुष्टि

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ श्रावण २१

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP