२०७९ आश्विन १७, सोमबार
October 3, 2022, Monday

प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष खड्काको निधन भएको पुष्टि

डोटी: दुई बर्ष अगाडि बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्ष तेजु खड्काको निधन भएको पुष्टि भएको छ । बाजुराको बुढिनन्दामा २०७६ मंसिरमा कंकाल भेटिएकोमा उक्त कंकाल खड्काको भएको पुष्टि भएको हो।

‘नेपाल प्रहरीको केन्द्रिय बिधि बिज्ञान प्रयोगशालामा डिएनए परिक्षणकालागि पठाइएको थियो,’ जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराईले भने, ‘डिएनए रिपोर्ट हेर्दा खड्काकै कंकाल भएको पुष्टि भएको छ।’

उनको खोजी गर्ने क्रममा वेपत्ता भएको एक बर्षपछि दुई वटा करङ, झोला र आइडि कार्ड भेटिएको थियो। 

उनी दिपायल सिलगढी नगरपालिका १ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार ब्यबस्थापकको रुपमा काम गर्दै आएका थिए। खड्का रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा समेत लामो समय कार्यरत थिए ।

उनी २०७५ साल  भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा बर माग्ने डाडाबाट सम्पर्कविहीन भएका थिए।

Related News

आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने
आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने
  • २०७७ असार १६

दिपायल – हिन्दुहरूको महान् चाड वडा दशैं, दीपावली तथा छठ पर्वको...

TOP