२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

स्व. पत्रकार तेजु खड्काको स्मृतीमा अक्षय कोष स्थापना गरिने

रोशन कठायत


डोटी- नेपाल प्रेस युनियन डोटी शाखाले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतीमा अक्षय कोष स्थापना गर्ने भएको छ । प्रेस युनियनले सोमबार दिपायलमा एक कार्यक्रमको आयोजना गरी अक्षय कोष स्थापनाका लागि विभिन्न संघ, संस्था, व्यक्ति तथा सरकार संग सहयोग आह्वान गर्ने निर्णय गरेको हो ।

स्व. खड्का नेपाल प्रस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष हुन् । उनि तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट रिपोर्टिङ्ग गरी फर्किने क्रममा बेपत्ता भएका थिए । गएको मङ्सिरमा त्यही क्षेत्रमा भेटिएको कङ्काल उनकै भएको डिएनएबाट पुष्टि भएको थियो ।
युनियनले घटना रहस्यपूर्ण रहेको भन्दै घटनाको गहिरो अनुसन्धान हुनुपर्ने र उनका परिवारलाई राज्यले राहत उपलबध गराउनु पर्ने माग राख्दै आएको छ ।

घटना रहस्यमय र संकास्पद भएकाले घटनाको पुनः गहिरो छानबिन र मृतक पत्रकारका परिवारलाई राज्यबाट क्षति पूर्तीको व्यवस्था हुनु पर्ने प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमले बताए । उनले मृत्युको कारण पत्ता नलागे सम्म युनियनले निरन्तर उक्त मुद्धा उठाइराख्ने बताए ।

बैठकमा स्वास्थ्य सामग्री वितरण, रेडियो नेपालबाट विना कारण निस्कासन गरिएका पत्रकारको पुनर्वाहालीका लागि संघर्ष जारी राख्ने लगायतका बिषयमा निर्णय गरिएको छ ।

Related News

पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो :  बलायर
पौडेललाई गिरफ्तार गरेर सरकारले कांग्रेसलाई सडक संघर्षको निम्तो दियो : बलायर
  • २०७७ श्रावण १९

डोटी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले कांग्रेस नेता रामचन्द्र पौडेललाई विना सर्त तत्काल रिहा गर्न माग गरेका छन् ।...

पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ
पौडेलको गिरफ्तारीपछि देउवाले भने– सर्वसत्तावादको संकेत, देशभर प्रतिरोध गरिन्छ
  • २०७७ श्रावण १९

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन्। पुल...

कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई
कांग्रेस क्रियाशिल सदस्य मल्लको निधन : पार्टीको झण्डा ओढाएर गरियो अन्तिम विदाई
  • २०७७ श्रावण १९

डोटी- नेपाली कांग्रेस डोटीका क्रियाशिल सदस्य गोकर्ण मल्लको निधन भएको छ । शिखर नगरपालिका– पचनाली निवासी मल्लको ७१ वर्षको उमेरमा...

TOP